दक्षिण अफ्रिकी महिलाले एकै पटक १० सन्तान जन्माएको खबर झुटो « Khabarhub

दक्षिण अफ्रिकी महिलाले एकै पटक १० सन्तान जन्माएको खबर झुटो


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण अफ्रिकाकी एक महिलाले एक पटक १० सन्तान जन्माएको भनेर सार्वजनिक समाचारमा सत्यता नरहेको पुष्टि भएको छ ।

दक्षिण अफ्रिकाको खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा एकै पटक १० बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको छ ।

स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवती समेत नरहेको खुलेको छ । जबकी उनले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबीसहितका समाचार सार्वजनिक भएका थिए ।

ती ३७ वर्षीया महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानून अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ ।

प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा समाचार प्रकाशित गरेको थियो । यसै आधारमा बीबीसीले समेत यसबारे समाचार प्रकाशन/प्रसारण गरेको थियो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  १० : ३० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब