कुन उमेरका मानिसलाई कति निन्द्रा आवश्यक ? « Khabarhub

कुन उमेरका मानिसलाई कति निन्द्रा आवश्यक ?


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजन जतिकै शरीरलाई निन्द्रा आवश्यक पर्दछ । निन्द्राले शरीरमा भएको दिनभरको थकान, तनाव तथा आलस्यतालाई कम गर्दछ । यसकालागि मानिस निदाउन आवश्यक छ । तर कति उमेरको मानिस कति निदाउने त ?

अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआएएच)को तथ्य पत्रअनुसार व्यक्ति व्यक्तिमा निद्राको आवश्यकता फरक–फरक हुन सक्छ । यसकालागि निम्न सूचीले प्रष्ट्याउँछ ।

– नवजात शिशुलाई १६–१८ घन्टा सुत्नु पर्दछ ।
– स्कुल जानुअघिका बालबालिका ११–१२ घन्टा सुत्नु पर्दछ ।
– स्कुल जाने उमेरका बालबालिका न्यूनतम १० घन्टा सुत्नु पर्दछ ।
– किशोर उमेरमा व्यक्ति ९–१० घन्टा सुत्नु पर्दछ ।
– र वयस्कसँगै पाको उमेरका व्यक्ति ७–८ घन्टा निदाउन आवश्यक छ ।

यदि राती अबेलासम्म सहज रुपमा निन्द्रा नपरे यसकालागि केही उपाय अपनाउन सकिन्छ ।
– बढी मात्रामा पेय पदार्थको सेवन नगर्ने ।
– चिया, चुरोट, खैनी लगायतको सबै अम्मल त्याग्ने ।
– दिउँसो नसुत्ने, सुत्नैपरे टेबुलमा केही बेर आँखा चिम्म गरेर आराम मात्रै गर्ने ।
– सुत्नुभन्दा ३ घन्टा पहिले नै खाना खाने ।
– निद्रा नलागे ओछ्यानमा पल्टेर नबस्ने अन्य काममा ध्यान दिने ।
– आफूलाई सहज हुने आसनमै पल्टिएर निदाउन खोज्ने ।
– सम्भव भए सुत्नुअघि मनतातो पानीले नुहाउने ।
– सुत्ने समयमा टेलिभिजन, ठुलो आवाजमा संगीत सुन्ने, पढ्ने काम नगर्ने ।
– सुत्दा दिनभरको घटनाक्रम बिर्सने र अर्काे दिनबारे पनि नसोच्ने ।
– सुत्ने र उठ्ने समय एकै र नियमित पार्ने ।
– सुत्ने कोठा अँध्यारो र शान्त राख्ने ।
– नियमित रूपमा व्यायाम गर्ने वा हिड्ने बानी बसाउने । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ४ : ५९ बजे

जावलाखेल युथले नेपाल पुलिस क्लबलाई हरायो

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले नेपाल

क्षितिज थेबेको चुनावी सभामा उपमहासचिव योगेश भट्टराई (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका युवा उम्मेदवार क्षितिज थेबेको चुनावी प्रचारका क्रममा

देउवा सभापतिबाट हटेसँगै कर्ण मल्लसहितका नेताहरू कांग्रेसमै फर्किन तयार

डडेल्धुरा – शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत् गगनकुमाार थापाले सभापतिबाट बिदा

परिवर्तनको एजेन्डा बोकेर जनताको माझ आएका छौँ : कमल थापा

काठमाडौं– राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार

बिमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

काठमाडौं– नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी