अन्नपूर्णको बजेट ७५ करोड २५ लाख « Khabarhub

अन्नपूर्णको बजेट ७५ करोड २५ लाख


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषि, पर्यटन तथा पूर्वाधारमा जोड दिदै ७५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले कोभिड १९–को महामारी रोकथामसँगै यसका कारण रोजगारी गुमाएकालाई अवसर दिँदै उत्पादन र उत्पादकत्व वृद्धिलाई प्राथमिकतामा राखिएको बताइन ।

गाउँपालिकाले आव २०७८/७९ का लागि चालुतर्फ रु ५३ करोड २० लाख ७८ हजार र पूँजीगत तर्फ २२ करोड ४ लाख २२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विषयगत समिति अन्तर्गत बजेट बाँडफाँट गरिएको जानकारी दिँदै उहाँले पूर्वाधार विकासतर्फ रु १६ करोड ९६ लाख २२ हजार, आर्थिक विकासतर्फ ४ करोड ४ लाख, सामाजिक विकासतर्फ ४५ करोड ७३ लाख ७८ हजार विनियोजन गरिएको जानकारी दिए ।

त्यस्तै वन, वातावरण तथा विपद् व्यवस्थापनमा रु ६३ लाख, सुशासन तथा संस्थागत विकासमा १ करोड ८ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले कोरोनाका कारण वैदेशिक रोजगार गुमाएर नेपाल फर्किएका युवालाई अवसरको रूपमा उपयोग गर्दै उनीहरूको अनुभव, सीप क्षमताको समुचित प्रयोग गरी उत्पादनमा आधारित कृषि, पशुपालन, पर्यटन, निर्माण र साना घरेलु उद्योगमा आधारित कार्यमा सहभागी गराई रोजगारका अवसर सिर्जना गरिने विषयलाई बजेटमा समेटिएको छ ।

कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफुल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा घोषणा गर्दै कृषिको आधुनिकीकरण एवं व्यावसायीकरण गर्न प्रोत्साहित गरिने लगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।

बजेटमा गाउँपालिकाभित्र पूर्वाधार विकास अन्तर्गत बाटोघाटो, पदमार्ग, पुरातात्विक सम्पदा आदि कार्यक्रमलाई प्राथमिकतामा राख्नुका साथै लक्षित वर्ग तथा समुदायको सशक्तीकरण, खानेपानी, पर्यटन प्रवद्र्धन, स्थानीय रैथाने जातको संरक्षणका साथै खाद्य सुरक्षा तथा खाना संरक्षण कार्यक्रम लगायतलाई जोड दिएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ३ : २५ बजे

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६