दुग्ध ढुवानीलाई सहज बनाउन माग « Khabarhub

दुग्ध ढुवानीलाई सहज बनाउन माग


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल डेरी एसोसियसनले दूध तथा दुग्धजन्य पदार्थ ढुवानीका लागि सवारी साधनमा जोर बिजोर प्रणाली नराखी र बिना रोकतोक सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् ।

एसोसियसनले यसअघि निषेधाज्ञामा तोकिएको समयभित्र बिना रोकतोक आवतजावत गर्न दिइएको थियो । तर असार ८ गतेबाट लागू गरिएको नियमअनुसार गाडीमा जोरबिजोर प्रणालीले दुग्धजन्य पदार्थ ढुवानीमा रोकतोक भई समस्या आएकाले सहजीकरण गरिदिन अनुरोध गरिएको छ ।

एसोसियसनले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘जुन बालकदेखि वृद्धासम्म, जन्मेदेखि मृत्युसम्म सबै समय सबैका लागि अनिवार्य नभइ नहुने अत्यावश्यक खाद्य पदार्थ ओसार पसार गर्ने ट्यांकर तथा बिक्री वितरण गर्ने डेलिभरी भ्यानलाई ढुवानीका क्रममा यस्तो महामारीका बेला ज्यानको बाजी लगाई काम गरिरहेका सवारी चालक र सेल्सम्यानलाई अनावश्यक जोरबोजोरको कारण देखाई सुरक्षा निकायबाट ठाँउ–ठाँउमा अवरोध भएकोले नियमित दूध संकलन, प्रशोधन र विक्रि वितरणमा गम्भीर असर परेको छ ।’

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ३ : ५३ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति