हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड « Khabarhub

हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि रु दुई अर्ब ६० करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ ।

उपप्रमुख मीनाकुमारी लामाद्वारा आज नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकासमा रु एक अर्ब ३० करोड ४५ लाख, आर्थिक विकासमा रु १२ करोड ९८ लाख, सामाजिक विकासमा रु ६३ करोड रु ९२ लाख, स्वास्थ्य विकासमा रु आठ करोड ७६ लाख विनियोजित गरिएको छ ।

संस्कृति प्रवद्र्धनमा रु दुई करोड ३७ लाख, खेलकूद तथा मनोरञ्जनमा रु तीन करोड ७२ लाख , लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा रु तीन करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रु पाँच करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ रु एक करोड ९१ लाख बजेट विनियोजन गरिएको छ ।

उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले आगामी आवको नीति तथा कार्यक्रममा कोभिड अस्पताललाई थप सहयोग, सडकको विस्तार, बसपार्क निर्माण, पर्यटकीय स्थानको विकास र विस्तार, प्रत्येक वडामा खानेपानीको व्यवस्थापन, वातावरण प्रदुषण नियन्त्रण, नमूना शहरीकरण गर्ने प्रक्रियालाई अघि बढाइने रहेको जानकारी दिए ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ६ : २१ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी