हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड | Khabarhub Khabarhub

हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि रु दुई अर्ब ६० करोड १५ लाखको बजेट सार्वजनिक गरेको छ ।

उपप्रमुख मीनाकुमारी लामाद्वारा आज नगरसभामा प्रस्तुत बजेटमा पूर्वाधार विकासमा रु एक अर्ब ३० करोड ४५ लाख, आर्थिक विकासमा रु १२ करोड ९८ लाख, सामाजिक विकासमा रु ६३ करोड रु ९२ लाख, स्वास्थ्य विकासमा रु आठ करोड ७६ लाख विनियोजित गरिएको छ ।

संस्कृति प्रवद्र्धनमा रु दुई करोड ३७ लाख, खेलकूद तथा मनोरञ्जनमा रु तीन करोड ७२ लाख , लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा रु तीन करोड ७ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रु पाँच करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ रु एक करोड ९१ लाख बजेट विनियोजन गरिएको छ ।

उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले आगामी आवको नीति तथा कार्यक्रममा कोभिड अस्पताललाई थप सहयोग, सडकको विस्तार, बसपार्क निर्माण, पर्यटकीय स्थानको विकास र विस्तार, प्रत्येक वडामा खानेपानीको व्यवस्थापन, वातावरण प्रदुषण नियन्त्रण, नमूना शहरीकरण गर्ने प्रक्रियालाई अघि बढाइने रहेको जानकारी दिए ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ६ : २१ बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै