ओली 'विदेशीको टाङमुनि छिरेको' प्रचण्डको आरोप | Khabarhub Khabarhub

ओली ‘विदेशीको टाङमुनि छिरेको’ प्रचण्डको आरोप


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र प्रधानमन्त्री मिलेर नेपालको लोकतन्त्र नै कमजोर बनाउन लागेको भन्दै चर्को आलोचना गरेका छन् ।

विपक्षी गठबन्धनले गरेको सम्पादकहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले राष्ट्रपति संस्थाकै बदनाम भएको आरोप लगाए ।

उनले अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको आभास भएको  टिप्पणी  समेत गरे । उनले भने,‘राष्ट्रपति कार्यालय सबैले अभिभावक भनेर, संविधानको संरक्षक भनेर, अझ म त महिलालाई अघि सारिदिउँ भनेर अघि सारेको, हेर्नुस त राष्ट्रपति संस्था कस्तो भयो ?अहिले त राष्ट्रपति संस्था कस्तो भयो भने…यो भन्दा त राजा ठिक थियो नि। अहिले त सान पनि छैन । नाम पनि छैन । इज्यत नि छैन । कस्तो भयो हामीले बनाएको संस्था ?’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत कदमविरुद्ध जस्तो परिस्थिति आए पनि सामना गर्न तयार रहने बताए ।

केपी शर्मा ओलीलाई तीन वर्षमा राम्रोसँग चिनेको भन्दै  उनले भने,‘यो तीन वर्षमा राम्रोसँग चिने । संघर्ष पनि हामीले नै शुरु गरेका हौं । संघर्ष किन गरियो ? सुविधा लिन त त्यही सजिलो थियो नि । ओलीकै कारण संविधान, लोकतन्त्र, राष्ट्र सबै वर्वाद हुने भयो भनेपछि विद्रोह गरेका हौं ।’

अध्यक्ष प्रचण्डले कांग्रेस दक्षिणपन्थी नभएको तर ओली बामपन्थी पनि नरहेको भन्दै भने,‘कांग्रेस संविधान र लोकतन्त्र बचाउन हिडेको छ । केपी ओली संविधान र लोकतन्त्र सिध्याउन हिड्नुभएको छ । कांग्रेसले ओलीजीलाई विदेशीको टाङमुनि छिरेको आरोप लगाएको छ । ओलीजी विदेशी दलालको टाङमुनि नै हुनुहुन्छ । त्यसैले कांग्रेस दक्षिणपन्थी होइन, ओलीजी वामपन्थी होइन ।’

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले एमसीसीबारे समझदारी गराएर संसदबाटै अघि बढाउने बताए । उनले भने,‘एमसीसीबारे एउटा समझदारी बनाएर संसदबाटै केही गर्नुपर्ने छ भने पनि गराएर समझदारीमा अघि बढ्छौँ । हामीले भनेका छौं, राष्ट्रिय हितअनुकुल हुनेगरी नै अघि बढ्ने हो ।’

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ७ : ३९ बजे

सागर डिष्टिलरीको आईपीओ खुला  

काठमाडौं– सागर डिष्टिलरी लिमिटेडले आज (बुधबार)बाट साधारण शेयर (आईपीओ) बिक्री

एमएफएन बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ पुरस्कार दिने 

काठमाडौं– सरकारले म्याट्रिक्स फाइट नाइट (एमएफएन)१७ मा बान्टमवेट च्याम्पियन रवीन्द्र

पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ– जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ–मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि बुधबार

जलगदुल्ला जलविद्युत निर्माणको ठेक्का सम्झौतामा हस्ताक्षर

काठमाडौं– कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको

खलनायकदेखि कमेडीका बादशाहसम्म : परेश रावल, शक्ति कपूर र रञ्जितको यात्रा

मुम्बई – बलिउडको इतिहासमा केही यस्ता कलाकार पनि छन् जसले