नवनियुक्त निर्वाचन आयुक्त जबराले लिए शपथ « Khabarhub

नवनियुक्त निर्वाचन आयुक्त जबराले लिए शपथ


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवनियुक्त निर्वाचन आयुक्त सगुन शमशेर जबराले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कान्तिपथस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासमक्ष उनले शपथ लिएका हुन् ।

निर्वाचन आयुक्त राणाले आजै पदबहाली गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नवनियुक्त राणाको नेपाली सेनामा रही काम गरेको लामो अनुभव र पृष्ठभूमि रहेको बताइएको छ ।

हाल प्रतिनिधिसभा नरहेको र संसदीय सुनुवाइ हुने अवस्था नभएकाले संवैधानिक परिषद्ले सिफारिश गरेको ४५ दिन बुधबार पुगेपछि सवैधानिक व्यवस्थानुरुप उनको सपथ र पदबहाली भएको हो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ७ : २६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु