पसिनाको दुर्गन्ध कसरी हटाउने ? « Khabarhub

पसिनाको दुर्गन्ध कसरी हटाउने ?


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुनत पसिना आउनु प्राकृतिक प्रक्रिया हो । तर गर्मीयाममा देखिने आम समस्या हो, पसिना र यसबाट आउने दुर्गन्ध । धेरैजसो व्यक्तिको शरीरबाट निस्किने पसिनाको दुर्गन्ध खपी नसक्नु हुन्छ । त्यस्ता व्यक्तिको निकटता बडा कष्टदायक हुने गर्छ ।

गर्मी याममा प्रायः सबैलाई पसिना निस्किन्छ । बढी शारीरिक श्रम गर्ने व्यक्तिलाई गर्मी याममा बढी पसिना निस्किन्छ । पसिना आफैंंमा गन्हाउने नभए पनि छालामा भएको ब्याक्टेरियाले नराम्रो गन्ध उत्पन्न गर्छ । दुर्गन्धबाट बच्न शरीरको सफाइ आवश्यक छ । पसिनासँगै शरीरबाट अनावश्यक अमोनिया, प्रोटिन, त्रोसो, अम्ल र नुनसमेत बाहिर आउने गर्दछ ।

पसिना निस्केर सुकेपछि छालामा युरिया र नुन जस्तो तत्व रहिरहन्छ । यही तत्वले रोगाणुलाई आकषिर्त गरेर दुर्गन्धको कारण बन्ने गर्दछ । साथै छालाबाट तुरुन्त नहटेमा रोगको कारण पनि बन्न सक्छ । पसिनाको दुर्गन्ध समस्या भएकाले पेट सफा राख्नुको साथै हलुका खाना, प्रशस्त पानी पिउनुपर्छ । यस्तै दिनहुँ दुई पटक नुहाउनाले ब्याक्टेरियाको वृद्घलिाई घटाउन सकिन्छ । पसिनाको समस्या भएकाले नुहाउँदा डिटोल, युडी कोलोन, खस, गुलावजल जस्ता वस्तुको केही थोपा पानीमा हालेर नुहाउनु लाभदायक हुन्छ ।

यस अलावा दिनहुँ सफा गरिएको नयाँ लुगाको प्रयोगसँगै भित्री लुगा, मोजा लगायत अन्य लुगाफाटो हरेक दिन बदल्नाले समेत पसिनाको दुर्गन्धमा कमी आउँछ । खुट्टा, काखी, तिघ्राको कापलाई दिनहुँ सफा गर्दा दुर्गन्धमा कमी ल्याउन सकिन्छ । यस्तै गर्मीयाममा सुती कपडा प्रयोगले समेत फाइदा पुग्न सक्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ११ : १० बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको