सत्ता समीकरण मिलाउन प्रचण्डको दौडधुप | Khabarhub Khabarhub

सत्ता समीकरण मिलाउन प्रचण्डको दौडधुप

प्रधानमन्त्री देउवालाई भेटेर नेता नेपाल भेट्न कोटेश्वर पुगे


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक भेटघाटमा सक्रिय बनेका छन् ।

उनले सत्ता समीकरण मिलाउन गठबन्धनका नेताहरूसँगको भेटवार्तालाई बाक्लो बनाएका छन् ।

प्रचण्ड आज बिहानैदेखि दौडधुपमा छन् । बिहानै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्ड प्रधानमन्त्रीसँगको भेट सकेर एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगे ।

भेटमा प्रचण्डले मन्त्रिपरिषद विस्तार र भागबण्डाका विषयमा छलफल गरेका थिए । प्रचण्डले माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउने कानुनी र राजनीतिक जटिलताका विषयमा नेताहरूसँग छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि देउवाले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने सहमति अनुसार अहिले मन्त्रीको संख्या र सहभागिता टुग्याउने विषयमा गठबन्धनका नेता छलफलमा छन् । यता माधव नेपाल समूह भने सरकारमा सहभागी हुने वा नहुने भन्ने टुंगो लागेको छैन ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : २६ बजे

काठमाडौं महानगरद्वारा नाम्खा गाउँपालिकालाई एम्बुलेन्स प्रदान

सिमकोट– हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले सहयोग स्वरुप एम्बुलेन्स

प्रधानमन्त्रीको वाचा : विगतका भ्रष्टाचारको छानबिन हुन्छ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विगतका सरकारका पालमा भएका भ्रष्टाचारको छानबिन

नेपाल र श्रीलंकाको चेम्बरबीच सहकार्यको सम्झौता

काठमाडौं– नेपाल चेम्बर अफ कमर्स र श्रीलंकाको नेशनल चेम्बर अफ

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन (लाइभ)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरिरहेकी छन् ।

सञ्चारमन्त्री खरेलसँग अमेरिकी राजदूत थम्प्सनको शिष्टाचार भेट

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि संयुक्त