भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने « Khabarhub

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने भएको छ ।  

होटल एसोसिएसन भेडेटारले बुधबार भेडेटारमा पत्रकार सम्मेलन गर्दै १३ औ खाना महोत्सव अर्थात् फुड फेस्टिभल पुस १६ देखि १८ गतेसम्म आयोजना गर्न लागिएको जनाएको हो । 

अग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा हुन लागेको महोत्सवमा विभिन्न जातीय तथा अर्ग्यानिक खानाका परिकार राखिने आयोजकले जनाएको छ । 

त्यस्तै खाद्यान्न, नगदे र औद्योगिक बाली ,फलफूल, तरकारी, आलु बाली तथा स्थानीय कृषि उत्पादनका स्टल राखिने जनाइएको छ । 

आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै तथा पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने उद्देश्यले खाना महोत्सव गर्न लागिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए ।

भेडेटारमा तराईका जिल्लाहरूमा साथै छिमेकी देश भारतबाट सबैभन्दा बढी पर्यटकहरू पुग्ने गरेका छन् । फेस्टिभलमा करिब २ करोड ५० लाख बराबरको कारोबार गर्ने तथा ५० देखि ६० हजार पर्यटक भित्राउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ४ : २९ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,