सत्ता समीकरण मिलाउन प्रचण्डको दौडधुप « Khabarhub

सत्ता समीकरण मिलाउन प्रचण्डको दौडधुप

प्रधानमन्त्री देउवालाई भेटेर नेता नेपाल भेट्न कोटेश्वर पुगे


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक भेटघाटमा सक्रिय बनेका छन् ।

उनले सत्ता समीकरण मिलाउन गठबन्धनका नेताहरूसँगको भेटवार्तालाई बाक्लो बनाएका छन् ।

प्रचण्ड आज बिहानैदेखि दौडधुपमा छन् । बिहानै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्ड प्रधानमन्त्रीसँगको भेट सकेर एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगे ।

भेटमा प्रचण्डले मन्त्रिपरिषद विस्तार र भागबण्डाका विषयमा छलफल गरेका थिए । प्रचण्डले माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउने कानुनी र राजनीतिक जटिलताका विषयमा नेताहरूसँग छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि देउवाले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने सहमति अनुसार अहिले मन्त्रीको संख्या र सहभागिता टुग्याउने विषयमा गठबन्धनका नेता छलफलमा छन् । यता माधव नेपाल समूह भने सरकारमा सहभागी हुने वा नहुने भन्ने टुंगो लागेको छैन ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : २६ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको