गुरु पुर्णिमामा कसरी कम गर्ने शनिको प्रकोप « Khabarhub

गुरु पुर्णिमामा कसरी कम गर्ने शनिको प्रकोप


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गुरुलाई सम्मान दिने र उनको आशीर्वाद पाउने पर्वका रुपमा गुरु पूर्णिमा मनाइन्छ । यस बर्षको गुरु पुर्णिमा साउन ९ गते शनिबार मनाइदै छ ।

महाभारतका रचयिता महर्षि वेद व्यासको जन्म तिथी पारेर मनाइने गुरु पुर्णिमामा आफुलाई शिक्षा, कर्म तथा ज्ञान दिने गुरुलाई सम्मान र उपहार दिदै मनाउने गरीन्छ । यस बर्षको गुरु पूर्णिमा शनिबार पर्ने भएकाले यस दिन शनि देवको पूजा गरी केहि उपाय गरेमा लाभ मिल्ने धार्मीक विश्वास छ ।

शनिको साढे साती र अढैय्याले व्यक्तिको पारिवारिक, सामाजिक, आर्थिक, भविष्य जस्ता सबै क्षेत्रमा प्रभाव पार्न सक्ने भएकाले निम्न उपाय अपनाउनु पर्ने धार्मीक विश्वास छ ।

– गुरु पूर्णिमाको दिन पीपलको बोटको चारैतर्फ ७ पटक परिक्रमा गरेर ऊं शं शनैश्चराय नमः मंत्र को जप गरेमा शनिको प्रकोपबाट बच्न सकिने धार्मीक विश्वास छ ।

– कालो तिल मिसाएको जलद्धारा शिवलिंगको अभिषेक गरी पूजा गरेमा शनि ग्रहको अशुभ असर कम हुने धार्मीक विश्वास छ ।

– शनिबारको दिन गरीबलाई सरस्युको तेल, फलामबाट बनेका कुनै पनि चीज, कालो दाल, कालो वस्त्र दान गरेमा लाभ मिल्ने विश्वास गरीन्छ ।

– शनिवारका दिन कालो कुकुर वा कुनै पनि कुकुरलाई सरस्युको तेलमा पकाएको रोटी ख्वाएमा समेत शनिको प्रकोपबाट बच्न सकिने धार्मीक विश्वास छ ।

– पीपलको बोटमा सरस्युको तेलमा दियो बालेमा शनिको प्रकोप कम हुने मान्यता छ । संभव भएमा शनि मन्दिरमा नै दियो बालेमा बढि लाभ पाउने धार्मीक विश्वास छ ।

– शनिबारका दिन हनुमानको मन्दिर वा प्रतिमामा दीयो बालेर हनुमान चालीसा पाठ गरेमा विशेष लाभ मिल्ने धार्मीक विश्वास छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ९ : २९ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता