मिथिलामा गुरुपूर्णिमा पर्व मनाइँदै | Khabarhub Khabarhub

मिथिलामा गुरुपूर्णिमा पर्व मनाइँदै


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीसहितका मिथिला क्षेत्रमा आज शनिबार गुरु पूर्णिमा पर्व मनाइँदै छ । असार पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदै गरिएको हो । पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ बस्त्रआभूषण फेराउने र मिष्टान्न भोजन गुरुलाई गराउने मैथिल परम्परा छ ।

पर्वविशेषले मिथिलाक्षेत्रमा आज बजारु चहलपहल पनि ह्वात्तै बढाएको छ । गुरुका लागि बस्त्र, मिष्टान्न परिकार र फलफूल किन्नेको भीडले अन्य बेला दिउँसो जम्ने यहाँका बजार आज बिहानै भरिभराउ देखिएका छन् ।

खासमा धार्मिक मठमा त पर्वका अवसरमा प्रवचन र गुरुपूजासहितका कार्यक्रम नै आयोजन गरिएको देखिँदो छ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको हुँदा पूर्वीय परम्परामा यस पर्वको महत्व निकै रहेको महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल बताउँछन् ।

अज्ञानता रुपी अन्धकारको नाश गरी जीवनमा ज्ञानको ज्योति दिने, फैलाउने व्यक्तिलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई पूर्वीय दर्शन र शास्त्रले बह्मा, विष्णु र महेश्वरसहितका त्रिदेवका रुपमा मानेको मटिहानीकै याज्ञबल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पस (विद्यापीठ) का नेपाली साहित्यका उपप्राध्यापक ध्रुव राय बताउँछन् ।

“गुरुबह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परबह्मा तस्मै श्रीगुरवे नमः।।”

विभिन्न शास्त्रमा गुरुलाई त्रिदेव मानिएको यो प्रसङ्ग पनि उपप्राध्यापक रायले स्मरण गरे । पूर्वीय दर्शन परम्पराका स्थापित धर्मग्रन्थ वेद, पुराण, उपनिषद, रामायण र महाभारतसहित महाकाव्यका रचयिता महर्षि कृष्ण द्वैपायन (वेदब्यास) को जन्म दिन असार पूर्णिमा नै मानिएको हुँदा उनीप्रतिको सम्मान भावबाट नै हिन्दू परम्परामा यो पर्वको परम्परा बसेको राय बताउँछन् ।

माता–पिताजस्तै गुरुलाई पनि देवता समान मानेर ‘आचार्यदेवो भव’ भनिने हिन्दू वैदिक परम्परा छ । पर्वले गुरुप्रति अहोभाव (कृतज्ञता) व्यक्त गर्न सिकाएको पाका मैथिल बताउँछन् । पर्वले श्रेष्ठजनको सम्मान गर्ने शिष्टता र नैतिक आचरण एवं कृतज्ञता भाव बढाउने हुँदा पर्वले सामाजिक, सांस्कृतिक र पारम्परिक दायित्व र यसको महत्व अझ उजेल्याउने (उज्यालो बनाउने) बर्दिवास जनता बहुमुखी क्याम्पसका प्राचार्य तोपबहादुर ठकुरीको भनाइ छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ११ : २५ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक