लक्ष्मण र प्रविशाको ‘पहिलो माया’ « Khabarhub

लक्ष्मण र प्रविशाको ‘पहिलो माया’


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक लक्ष्मण शर्मा र गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘पहिलो माया’ सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट शुक्रबार सार्वजनिक गीतले प्रेमिल भाव बोल्छ । पहिलो पटक गायनमा पाइला अघि बढाएका शर्माले डेब्यू गायनमै सम्भावनावान क्षमता पस्केका छन् ।

गीतमा शब्द संगीत दुबै गायक शर्माको नै छ भने एरेञ्जको काम उदयराज पौडेलले गरेका छन् । प्रितम शाह र लक्ष्मण शर्माको प्रस्तुतिमा गीत सार्वजनिक गरिएको हो ।

भिडियोतर्फ गायक शर्मा स्वयंम फिचर्ड रहँदा उनको अपोजिटमा मोडल अस्मिता पन्तले जोडी बाँधेकी छिन् । गणेश शाहीको निर्देशनमा तयार भिडियोमा सम्पादन फराज अर्पणको छ । भिडियोलाई छायांकन पनि फराजले नै गरेका हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १२ : ५१ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको