राजको कम्पनीबाट अलग्गिइन शिल्पा « Khabarhub

राजको कम्पनीबाट अलग्गिइन शिल्पा


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका पति राज कुन्द्रा पोर्न फिल्मको कारोबार मामलामा प्रहरीले पक्राउ गरेपछि उनी हरेक अनुसन्धानभित्र मुछिदै आएका छन् । जुलाई २३ मा अदालतले राजको हिरासत अवधिलाई जुलाई २७ सम्म बढाएको छ । अहिले राजको अनुसन्धानमा शिल्पाको भूमिका के थियो भन्ने बारेमा पनि अध्ययन भइरहेको छ ।

शुक्रबार बेलुका मुम्बईको अपराध शाखाका अधिकारीहरुले शिल्पा र र राजको घरमा पुगेर करिब ६ घण्टा अनुसन्धान गरेको थियो । यो अनुसन्धानमा उनीहरुले घरको छानविन पनि गरेका थिए ।

शिल्पाले पतिका कारण विवादमा आउनुपरेपछि वियान इन्डष्ट्रिजको निर्देशक पदबाट राजीनामा दिएकी छन् । एडल्ट प्रोडक्सन र वितरणको सञ्चालन वियानबाट भइरहेपछि उनले यो पदबाट राजीनामा दिएकी हुन् । पछिल्लो समयमा प्रहरीको चासोको विषय पनि वियानप्रति थियो ।

प्रहरीले शिल्पाको बैंक खाताको पनि अनुसन्धान गर्दैछ । प्रहरीले यो कम्पनीमा शिल्पाले निर्देशकका रुपमा कति समय काम गरिन् भन्ने कुरा पनि अनुसन्धान गर्दैछ ।
राजको मामलाको अनुसन्धानमा अपराध शाखाका अधिकारीहरुले वियानको सिसीटीभी फुटेजको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १ : ३५ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी वाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा