साउन १२ लाई तय भएको कांग्रेसको वडा तहको अधिवेशन स्थगित | Khabarhub Khabarhub

साउन १२ लाई तय भएको कांग्रेसको वडा तहको अधिवेशन स्थगित

भदौमा तोकिएको महाधिवेशन पनि सर्न सक्ने


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको आगामी महाधिवेशनअन्तर्गत साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएको छ ।

आज बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले कोरोना संक्रमण र समय अभावका कारण साउन १२ गतेको वडा अधिवेशन स्थगित गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले भने, ‘केन्द्रीय महाधिवेशन गर्नुपूर्व साउन १२ गतेबाट वडा अधिवेशन तय गरेका थियौँ । अब तीन दिन मात्रै बाँकी छ वडाको अधिवेशनका लागि । समयको चाप रहेकै बेला जिल्ला जिल्लाबाट कोरोना संक्रमण बढिरहेको अबस्थामा समस्या आएको साथीहरूले पनि बताइरहनुभएको छ । आजको बैठकले साउन १२ गते हुने भनेको स्थगन गर्ने परामर्श गरेको छ । साउन १२ गतेका दिन स्थगन हुनको अर्थ केन्द्रिय महाधिवेशनको मिति सर्छ भन्ने होइन ।’

प्रवक्ता शर्माले क्रियाशिल सदस्यता छानविन समितिले धेरै स्थानको सदस्यताको टुंगो लगाइसकेको र साउन १२ गते समितिले तयार गरेको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने समेत जनकारी दिए । उनले भने, ‘साउन १२ गते बिहान ९ बजे प्रतिवेदन हस्तान्तरण गर्नुहुनेछ । साउन १२ गतेपछि छलफल गरेर वडा अधिवेशनको नयाँ मिति तय गर्छौं ।’

अधिकांश स्थानको क्रियाशिल सदस्यता विवाद समाधान भइसकेको र केही स्थानको टुंगिन बाँकी रहेको प्रवक्ता शर्माले जानकारी दिए । उनले भने, ‘अधिकांश ठाउँमा सर्वसम्मत निर्णय भइसकेको छ । १२ गते हस्तान्तरण गर्नुपूर्व बाँकी स्थानको टुंगो लगाएर प्रतिवेदन तयार हुनेछ ।’

वडा अधिवेशन प्रभावित भएसँगै कांग्रेसको आगामी भदौका लागि तोकिएको महाविधेशनसमेत सर्नसक्ने सम्भावना रहेको तर तोकिएको मितिमा महाधिवेशन गर्न कांग्रेसले प्रयत्न भने गरिरहने प्रवक्ता शर्माले जानकारी दिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १ : ०२ बजे

रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३

विपद्को सामना गर्न क्षमता विस्तारमा महामन्त्री थापाको जोड

भक्तपुर– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न विपद्को जोखिमसँग सामना

क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने

काठमाडौं– ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल

आगामी उपनिर्वाचन र ०८४ मा माओवादी एक्लै प्रतिष्पर्धामा जाने

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन

अमेरिकाद्वारा हुथी नियन्त्रित १५ वटा लक्ष्यमा आक्रमण

एजेन्सी– अमेरिकी सेनाले शुक्रबार यमनको हुथी नियन्त्रित क्षेत्रको १५ वटा