सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित « Khabarhub

सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिरियामा पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित बनेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।

उनका अनुसार सिरियामा पछिल्लो समयमा हिंसा शुरु भएको छ । पछिल्लो समयमा सिरियाका उत्तरपश्चिमी क्षेत्रहरुमा हिंसात्मक हमला र आक्रमणका घटना बढेका छन् ।

यसबाट सिरियाली नागरिकको ज्यान गएको छ । त्यहाँका बालबालिका र महिलाहरु पनि समस्यामा परेको देखिएको छ, भन्दै संयुक्त राष्ट्रसंघले सो हिंसा रोक्नका लागि पहल गर्न सम्बद्ध सबैसँग आग्रह पनि गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका सहायक प्रवक्ता फरहान हकले प्रकाशन गरेको विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा पछिल्ला हप्ताहरुमा मानिसहरुमाथि भएको हिंसाको निन्दा पनि गरेका छन् ।

संयुक्त राष्ट्रसंघले यस्ता हिंसात्मक गतिविधीहरु तत्कालै रोक्न र त्यहाँ शान्ति सरक्षाको अवस्था कायम गर्न पनि माग गरेको छ । ती हिंसामा परी महिला र बालबालिकाको ज्यान गएको र ती स्थानको पछिल्लो अवस्था निकै नाजुक रहेको भन्दै त्यसप्रति सहायक प्रवक्ताले सबैको ध्यानकर्षण गराएका हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : ०० बजे

एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार

आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १९ गते शुक्रबार तदनुसार