सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित « Khabarhub

सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिरियामा पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित बनेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएको हो ।

उनका अनुसार सिरियामा पछिल्लो समयमा हिंसा शुरु भएको छ । पछिल्लो समयमा सिरियाका उत्तरपश्चिमी क्षेत्रहरुमा हिंसात्मक हमला र आक्रमणका घटना बढेका छन् ।

यसबाट सिरियाली नागरिकको ज्यान गएको छ । त्यहाँका बालबालिका र महिलाहरु पनि समस्यामा परेको देखिएको छ, भन्दै संयुक्त राष्ट्रसंघले सो हिंसा रोक्नका लागि पहल गर्न सम्बद्ध सबैसँग आग्रह पनि गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका सहायक प्रवक्ता फरहान हकले प्रकाशन गरेको विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा पछिल्ला हप्ताहरुमा मानिसहरुमाथि भएको हिंसाको निन्दा पनि गरेका छन् ।

संयुक्त राष्ट्रसंघले यस्ता हिंसात्मक गतिविधीहरु तत्कालै रोक्न र त्यहाँ शान्ति सरक्षाको अवस्था कायम गर्न पनि माग गरेको छ । ती हिंसामा परी महिला र बालबालिकाको ज्यान गएको र ती स्थानको पछिल्लो अवस्था निकै नाजुक रहेको भन्दै त्यसप्रति सहायक प्रवक्ताले सबैको ध्यानकर्षण गराएका हुन् ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : ०० बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै