विप्लव राजनीतिक भेटवार्तामा व्यस्त, आज जसपा अध्यक्ष ठाकुरलाई भेटे | Khabarhub Khabarhub

विप्लव राजनीतिक भेटवार्तामा व्यस्त, आज जसपा अध्यक्ष ठाकुरलाई भेटे


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् ।

उनी शीर्ष नेतालाई भेट्न उनीहरूकै निवास पुग्दै आएका छन् । पछिल्लो विकसित घटनाक्रमको विषय र आफूले ओली सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनको दबाबका लागि भेटवार्ता गरिरहेका विप्लवले राजनीतिक स्थिरताका विषयमा नेताहरूसँग छलफल गरिरहेको बताइएको छ।

उनले माओवादी नेताहरूलाई भेटेर एउटै मोर्चा बनाउन प्रस्ताव गरेका छन् भने नेपालमा सबै कम्युनिस्ट एक भएर अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।

यसैक्रममा विप्लवले आज जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता गरेका छन् ।

शनिबार पार्टीका अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगै विप्लव ठाकुर निवास पुगेका थिए ।

दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ३ : २८ बजे

पूर्णबहादुरको टिप्पणी- कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट पार्टीलाई मुक्त गराऔँ

वीरगञ्ज– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले कांग्रेसलाई हराउने रोगबाट

गोरखामा लिची बिक्रीबाट ११ करोड आम्दानी

गोरखा– गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष ११ करोड १५

स्पेन जानुअघि प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणमा जानुअघि मन्त्रिपरिषद् बैठक

बर्दिया र मोरङमा दुई जना मृत अवस्थामा फेला

काठमाडौं– बर्दियाको मधुवन नगरपालिका-४ बादरभरिया बस्ने ५४ वर्षीय घोसु लाल थारू

 करेन्ट लागेर एक जनाको मृत्यु

बाँके– डुडुवा गाउँपालिका-६ लिहारपुरूवा बस्ने ३४ वर्षीय राजाराम धोबीको करेन्ट लागेर बिहीबार