‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ सार्वजनिक « Khabarhub

‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ सार्वजनिक


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्र गुरु योगी नरहरिनाथको जीवनी समेटिएको पुस्तक प्रकाशन गरिएको छ । पुस्तक नयाँ पुस्तालाई योगी नरहरिनाथका विषयमा जानकारी गराउन सफल हुने विश्वास गरिएको छ ।

विश्व केसी पोखरेलले लेख्नुभएको ‘योगी नरहरिनाथको संक्षिप्त जीवनी’ नामक पुस्तक आज राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । ६२ पृष्ठको पुस्तकको मूल्य रु १०१ राखिएको छ ।

रमिला बस्नेत र उमाकान्त शर्माले प्रकाशन गरेको पुस्तकको आज भाषा सम्पादक ज्ञाननिष्ठ ज्ञवाली र लेखक पोखरेलले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गरिएको कार्यक्रममा विमोचन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले संक्षिप्त पुस्तक भए पनि योगी नरहरिनाथका विषयमा बुझ्न पर्याप्त स्रोत सामग्री समावेश गरिएको बताए ।

मृगस्थलीमा योगी नरहरिनाथले लेखेका पुस्तक अलपत्र परेको, कति नष्ट भएको समाचार सार्वजनिक भएकामा दुःख लागेको उल्लेख गर्दै ती सम्पदाको संरक्षणमा राज्यको ध्यान जानुपर्ने उनीहरूले माग गरे।

योगी नरहरिनाथका विषयमा थप खोजी गरी कृति सार्वजनिक गर्न प्रोत्साहन गरिनुपर्नेमा कार्यक्रमका वक्ताले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ९ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै