जनताले राम्रो नठान्ने काम नगर्न युथफोर्सलाई एमाले महासचिवको निर्देशन | Khabarhub Khabarhub

जनताले राम्रो नठान्ने काम नगर्न युथफोर्सलाई एमाले महासचिवको निर्देशन

'युथफोर्स भ्याली कमाण्डर घोषणा'


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले भ्रष्टाचारविरुद्ध अभियान चलाउन युथ फोर्सलाई निर्देशन दिएका छन् ।

शनिबार काठमाडौँमा आयोजित ‘युथफोर्स भ्याली कमाण्डर घोषणा’ कार्यक्रमलाई सम्बोधन गर्दै पाखरेलले परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनतालाई उत्पादनसँग जोड्ने र भ्रष्टाचारविरुद्ध अभियान चलाउन युथ फोर्सलाइ निर्देशन दिएका हुन् ।

उनले जनताले राम्रो नठान्ने काम नगर्न पनि निर्देशन दिए । उनले एमाले कानुनी शासनलाई मान्ने पार्टी भएकाले कानूनलाई हातमा नलिन पनि ध्यानाकर्षण गराए । पोखरेलले एमालेको रक्षा गर्ने एउटा खम्बाका रुपमा उभिन आह्वान पनि गरे ।

त्यस्तै एमालेका नेता महेश बस्नेतले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको आरोप लगाए । उनले एमाले सरकारले गरेको कामलाई निरन्तरता नदिई भत्काउन खोजेमा युथ फोर्सले प्रतिरोध गर्ने चेतावनी दिए ।

कार्यक्रममा एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन् । कार्यक्रम अघि राष्ट्रिय युवा संघ र युथ फोर्सले र्‍याली निकालेको थियो । र्‍यालीका क्रममा उनीहरुले सर्वोच्च अदालतको परमादेशबाट ओली नेतृत्‍वको सरकार हटेको भन्दै न्यायालयविरुद्ध नारा लगाएका थिए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ६ : ३७ बजे

हुम्लाको बडखोलामा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका–१ भएर बग्ने तुम्च बडखोलामा पुल नहुँदा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयरधनीका नाममा

म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने

काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले म्युचुअल फण्डलाई बिक्री

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

कैलाली– बल्चौरका तीर्थ बादीलाई मादल बनाउने चटारो छ । सखारै

हाथवे इन्भेष्टमेन्टले १२ प्रतिशत बोनस दिने

काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२