चीनको हेनान प्रान्तमा बाढी, ५६ जनाको मृत्यु « Khabarhub

चीनको हेनान प्रान्तमा बाढी, ५६ जनाको मृत्यु


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मध्य चीनको हेनान प्रान्तमा भारी वर्षापछिको बाढी तथा डुबानका कारण कम्तीमा ५६ व्यक्तिको मृत्यु भएको छ ।

शुक्रबारसम्म भएको अत्यधिक वर्षापछि आएको बाढी कारण प्रभावित चार लाख ९५ हजार व्यक्तिलाई अस्थायी रूपमा अन्य सुरक्षितस्थलमा सारिएको ग्लोबल टाइम्सले प्रान्तीय सरकारलाई उद्धृत गर्दै जनाएको छ ।

पिपुल्स लिबरेशन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले २५ हजार सैनिक, सशस्त्र प्रहरीलाई हेनानको लागि पठाएको छ । ती सुरक्षा अधिकारी बाढीमा फसेका मानिसहरुलाई सुरक्षित रुपमा उद्धारको गर्नको लागि पठाइएको हो ।

चीनमा बाढी नियन्त्रणको लागि राहत मुख्यालयले पानीको स्रोत, आपतकालिन व्यवस्थापन र स्वास्थ्य मन्त्रालयहरूको एक टोलीले सिन्सिआङ्ग बाढीको असरबारे निरीक्षण गरेको छ ।

गएको साताको अन्तिमदेखि मुसलधारे वर्षाले हेनान प्रान्तलाई सताएको छ । प्रान्तीय राजधानी झेङझाओमा १२ करोड मानिस प्रभावित भएका छन् । झेङझाओको मौसम विभागले यो वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनेको छ । (रासस/एएनआई)

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ७ : ४५ बजे

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।