मलेशियाबाट नेपाल एयरलाइन्सको जहाजले ल्यायो एकैपटक २४ नेपालीको शव « Khabarhub

मलेशियाबाट नेपाल एयरलाइन्सको जहाजले ल्यायो एकैपटक २४ नेपालीको शव


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको छ ।

निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका नेपाली श्रमिकसहित एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको निगमले जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

निगमले मलेशियामा मृत्यु नेपालीको शव नेपाल ल्याइएको जानकारी दिँदै फेसबुक पेजमा लेखेको छ ‘विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइको शव देशलाई त तथ्यांकमा मात्र सीमित हुने होला तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने सर्वस्व गुमेको छ । उनका सपना टुटेका छन् ।’

यसैबीच सरकारले चीनबाट खरिद गरिएको कोभिडविरुद्धको भेरोसेल खोप लिन निगमको अन्तिम उडानको जहाज आइतबार चीनको बेइजिङ जाने उडान तालिका रहेको निगमले जनाएको छ ।

निगमले पछिल्लो पटक तीन उडानमार्फत चीनबाट खोप नेपाल ल्याएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ७ : १२ बजे

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै