स्प्रीङ रोल (नेपाली तरिकामा) बनाउने तरिका « Khabarhub

स्प्रीङ रोल (नेपाली तरिकामा) बनाउने तरिका


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आवश्यक सामग्री (एक प्लेटको लागि) :

चाउमिन – आधा प्लेट तयारी

मैदा– २५ ग्राम

कन्फ्लावरको धूलो– ३ चम्चा (सानो चम्चाको)

अण्डा– १ दाना

पानी – ३०० मि.ली.

तेल– ५०० मि.ली.

बनाउने विधि :

-एउटा बाटामा मैदा, दुई चम्चा कन्फ्लावर, अण्डा र पानी राखेर राम्ररी फिट्ने, ताकी डल्ला नरहोस् ।

-फ्राईप्यान चुलोमा बसाली एक चम्चा तेल राखी सबैतिर भिजाउने । फ्राईप्यान भरीको रोटी बनाउने । पाकेपछि टेबुलमा कन्फ्लावरको धूलो छरेर रोटी टेबुलमा राख्ने ।

– रोटीलाई ठीक बीचमा चिरेर दुई टुक्रा बनाउने र तयार गरेको चाउमिन रोटी माथि बराबरी राख्ने र रोल गर्ने ।

-छेउ छेउमा अघि फिटेको झोलले नै लेप गरी टाँस्ने ।

-फ्राईप्यानमा आधा लिटर तेल राख्ने र रोललाई कम आँचमा पकाउने । १० मिनेट पकाएपछि यो रातो हुन्छ र स्प्रीङ्ग रोल तयार हुन्छ ।

-यसलाई झिकेर प्लेटमा राखी तीन टुक्रा बनाउने । अर्काे प्लेटमा सलाद राख्ने र माथिबाट बन्दाको भुजुरी छरिदिए पछि यो खानको लागि तयार हुन्छ । आजकाल बजारमा स्प्रीङ्गरोलको तयारी पत्ताहरू पाइन्छ । आफै बनाएको शुद्ध र ताजा हुन्छ ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट

 

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ५ : २५ बजे

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १सय ३२

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने

एजेन्सी– बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा

यसरी मनाइयो क्रान्तियोद्धा रामप्रसाद राईको ११७ औँ जन्मजयन्ती

काठमाडौं- २००७ सालको प्रजातन्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईलाई मंगलबार उनको

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौं– रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई