कुलमान घिसिङको नियुक्तिविरूद्धको मुद्दा प्रधानन्यायाधीश राणाको इजलासमा « Khabarhub

कुलमान घिसिङको नियुक्तिविरूद्धको मुद्दा प्रधानन्यायाधीश राणाको इजलासमा


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुँदैछ ।

घिसिङको नियुक्ती बदरको माग गर्दै भदौ २ मा सर्वोच्च पुगेका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ । यसअघि न्यायाधीश कुमार रेग्मीको इजलासमा परे पनि ‘हेर्न नभ्याइने’ मा राखिएको थियो ।

प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए।

शाक्यले आफ्नो सहमतिबिना प्राधिकरणबाहिर स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले आफू सोही पदमा बहाल रहेको जिकिर गरेका छन् । आफूले राजीनामा दिएको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने उनको जिकिर छ ।

११ महिनाअघि कार्यकाल पूरा भएर बाहिरिएका घिसिङलाई मन्त्रिपरिषदको साउन २६ गतेको बैठकले नियुक्त गरेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  १० : ५२ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार