मेकअप गर्दा हुनसक्ने यी गल्ती « Khabarhub

मेकअप गर्दा हुनसक्ने यी गल्ती


८ भदौ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राम्रो देखिनु वा त्यसकालागि मेकअप गर्नु सबैलाई राम्रै लाग्छ । तर त्यसको हेरचाह गर्न सकिएन भने चाहिँ यसको परिणाम विपरित हुनसक्छ ।

कतिपय अवस्थामा गलत मेकअपकै कारण अनुहारको छाला समयभन्दा अगाडी चाउरिने र चमक हराउने सम्भावना बढ्ने गर्दछ । त्यसैले मेकअपका बारेमा आफ्नो केही भुल वा बानी सुधार गर्नुपर्ने हुन्छ ।

१. मेकअप पखाल्ने
जहिल्यै पनि मेकअप गरेको अनुहार सुत्ने बेलामा अनिवार्य पखाल्नु पर्दछ । दिनभरको जस्तोसुकै व्यवस्था वा थकान भए पनि मेकअप सफा नगरी सुत्दा अनुहारको छालामा भएका छिद्र बन्द हुन सक्ने सम्भावना हुन्छ ।

२. म्याद नाघेका सामाग्री
कहिल्यै डेट एक्सपायर ब्युटी प्रोडक्ट प्रयोग गर्नु हुदैँन । हरेक ब्युटि प्रोडक्टमा एक्सपायर मिति उल्लेख गरीएको हुन्छ । त्यसलाई सोही मितिभित्र प्रयोग गरिसक्नु पर्छ । अन्यथा, त्यसले खराब परिणाम निम्त्याउँछ ।

३. मेकअप ब्रसको सफाई
दैनिक प्रयोग हुने मेकअप ब्रसको पनि नियमित सरसफाई गर्नुपर्छ । मेकअप ब्रस मेकअप ब्याग तथा अन्य विभिन्न स्थानको सम्पर्कमा रहन्छ । यसैले यसको सफाई आवश्यक छ ।

४. अनुहार छुने
अधिकाशं महिलाले जानेर वा अन्जानमा आफ्नो अनुहार छोईरहन्छन् । हरेक समय अनुहारमा हातले छोईरहँदा हातमा रहेको आयल तथा फोहोर अनुहारको सम्पर्कमा आउँछ । त्यसैले यो गल्ती गर्नु हुदैँन । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  १२ : ०४ बजे

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु

रेडिमेड सामग्रीको बढ्दो प्रयोगले संकटमा कुम्हालको पुर्ख्यौली पेसा (तस्बिरहरू) 

सिरहा- बुवा–बाजेको जीवन माटोका सामग्री बनाउँदै बित्यो । सिरहाको धनगढीमाई नगरपालिका–७,

जडीबुटी बेचेर चार करोड राजस्व असुली

कर्णाली– कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड