सुत्दा ब्रा खोल्दा हुने स्वास्थ्य लाभ « Khabarhub

सुत्दा ब्रा खोल्दा हुने स्वास्थ्य लाभ


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महिलाले दिनहुँ भोग्ने आम समस्या हो, ब्रा पहिरीदा हुने डाम, पीडा र अन्य समस्या । चौबीसै घण्टा ब्रा लगाउँदा यसले स्वास्थ्यमा समस्या समेत हुनसक्छ । तर धेरैलाई यस बारे थाहा नहोला ।

ब्राले स्वास्थ्यमा मात्र नभई छालामा पनि विभिन्न समस्या निम्त्याउँछ । अफिस वा बाहिर जाँदा महिला ब्रा बिना जान असहज हुन्छ । तर राति सुत्दा भने यसलाई खोलेर सुत्दा यसले छालामा धेरै फाइदा पुर्‍याउँछ । नियमित ब्रा प्रयोग नगर्दा हुने लाभहरु यस्ता छन् :

१. छाला पोल्ने वा चिलाउने हुँदैन
ब्रा लगाएर सुत्दा यसको स्ट्रिपमा राखिएको इल्यास्टिकक वा हुक्सका कारण छाला पोल्ने, चिलाउने लगायतका समस्या निम्तिन सक्छन् । तर राति ब्रा खोलेर सुत्दा यस्ता समस्याबाट राहत मिल्दछ ।

२. अनुहार चम्किलो
ब्रा बिना सुत्दा शरिरमा रक्तसंचार राम्रोसँग हुन पाउँछ । यस्तोमा जब रक्तसंचार राम्रो हुन्छ तब शरिरले पर्याप्त अक्सिजन पाउँछ । नतिजा अनुहार चम्किलो हुने गर्दछ ।

३. डार्क सर्कलबाट छुटकारा
ब्रा लगाएर सत्दा यसको फिटिङ र इल्यास्टिकका कारण राम्ररी निन्द्रा नपर्न सक्छ । तर ब्रा नलगाई सुत्दा यी समस्याबाट छुटकारा पाउन सकिन्छ । मज्जाको निन्द्रा अर्थात डार्क सर्कलबाट छुटकारा पाउनु हो ।

४. स्किन रिपेयर
राति सुत्दा दिनभरीको शरिरमा भएको क्षतीको पूर्ती हुन्छ । यस्तोमा ब्रा बिना सुत्दा शरिरले खुलेर सास फेर्दछ । यसले शरिरले धेरै मात्रामा र बिना रोकटोक अक्सिजन पाउँछ र क्षती भएको सेल पुनर्निमाणमा कुनै बाधा उत्पन्न हुन दिँदैन ।

५. डण्डिफोर रहित छाला
शरिरको संचार प्रणालीमा लिम्फ्याटिक सिस्टम महत्वपूर्ण हिस्सा हो । यसले छालालाई संक्रमणबाट बचाउँछ । साथै छालाका टक्सिन, हर्मोन र फोहोर निष्कासनमा सहयोग गर्दछ । छाला र त्यसको प्वाललाई बन्द हुनबाट बचाएर डण्डिफोर र ब्ल्याकहेडको समस्याबाट छुटकारा दिलाउँछ । ब्रा नलगाई सुत्दा स्वस्थ र डण्डिफोर रहित छाला पाउन सकिन्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ११ : ४५ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक