नेपालमा अवसरबारे भारतीय पूर्वाधार कम्पनीहरुसँग अन्तरक्रिया « Khabarhub

नेपालमा अवसरबारे भारतीय पूर्वाधार कम्पनीहरुसँग अन्तरक्रिया


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसरका सम्बन्धमा भारतीय दूतावासले प्रमुख भारतीय कम्पनीहरुसँग भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

दूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित कम्पनीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा भारतीय दूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रुपमा रहेको बताइन् ।

उनले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भुमिका रहेको चर्चा पनि गरिन् । खम्पाले नेपाललाई प्राथमिकताको सूचीमा राखी यहाँका अवसरबाट लाभ लिन भारतीय कम्पनीहरुलाई सुझाव दिएकी थिइन् ।

कार्यक्रममा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माले सहभागीहरुसँग अन्तरक्रिया गरेका थिए ।

नेपालमा व्यवसाय क्षेत्रबाट सहभागी भएका सहसचिव केशव कुमार शर्माले पूर्वाधार क्षेत्रमा बोलपत्रको मात्रा, दायरा र प्रकृतिबारे जानकारी दिएका थिए । उनले फन्डिङ्ग मोडालिटी, जोइन्ट भेन्चर र अन्य विषयहरुमा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

कार्यक्रमको सञ्चालन जीएमआर इनर्जीका प्रमुख कार्यकारी अधिकृत एस एन बर्देले गरेका थिए ।

भारतीय पूर्वाधार कम्पनीहरुलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रप्रति आकर्षित गरी नेपालका साझेदारहरुसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सो अन्तक्रियाको आयोजना गरिएको थियो।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ४ : ४० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले