नेपालमा अवसरबारे भारतीय पूर्वाधार कम्पनीहरुसँग अन्तरक्रिया « Khabarhub

नेपालमा अवसरबारे भारतीय पूर्वाधार कम्पनीहरुसँग अन्तरक्रिया


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा परियोजना सञ्चालन गर्दा उपलब्ध अवसरका सम्बन्धमा भारतीय दूतावासले प्रमुख भारतीय कम्पनीहरुसँग भर्चुअल अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

दूतावासले भारतीय उद्योग परिसंघ (सीआईआई) र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उपस्थितिमा पूर्वाधार क्षेत्रसँग सम्बन्धित कम्पनीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा भारतीय दूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले एकीकृत दक्षिण एसियाली क्षेत्रको लक्ष्यलाई अघि बढाउन नेपाल प्रमुख सहयोगीको रुपमा रहेको बताइन् ।

उनले आर्थिक विकासका लागि नेपालले गरेको प्रयासमा पूर्वाधार क्षेत्रको ठूलो भुमिका रहेको चर्चा पनि गरिन् । खम्पाले नेपाललाई प्राथमिकताको सूचीमा राखी यहाँका अवसरबाट लाभ लिन भारतीय कम्पनीहरुलाई सुझाव दिएकी थिइन् ।

कार्यक्रममा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्माले सहभागीहरुसँग अन्तरक्रिया गरेका थिए ।

नेपालमा व्यवसाय क्षेत्रबाट सहभागी भएका सहसचिव केशव कुमार शर्माले पूर्वाधार क्षेत्रमा बोलपत्रको मात्रा, दायरा र प्रकृतिबारे जानकारी दिएका थिए । उनले फन्डिङ्ग मोडालिटी, जोइन्ट भेन्चर र अन्य विषयहरुमा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए ।

कार्यक्रमको सञ्चालन जीएमआर इनर्जीका प्रमुख कार्यकारी अधिकृत एस एन बर्देले गरेका थिए ।

भारतीय पूर्वाधार कम्पनीहरुलाई नेपालमा वृद्धि भइरहेका पूर्वाधार क्षेत्रप्रति आकर्षित गरी नेपालका साझेदारहरुसँग हातेमालो गर्दै प्रविधि, सीप र ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ सो अन्तक्रियाको आयोजना गरिएको थियो।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ४ : ४० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको