विविध कार्यक्रम गरी भारतीय दूतावासले मनायो ‘विश्व संस्कृत दिवस’ « Khabarhub

विविध कार्यक्रम गरी भारतीय दूतावासले मनायो ‘विश्व संस्कृत दिवस’


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालस्थित भारतीय दूतावासले विविध कार्यक्रम गरी विश्व संस्कृत दिवस मनाएको छ ।

दिवसको अवसरमा दूतावासले वेदको भाषा संस्कृतको महत्त्व लाई प्रकाशमा ल्याउन ‘संस्कृत : पूर्वीय संस्कृतिको स्रोत’ शीर्षकमा एउटा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरेको हो । उक्त सेमिनारको नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उद्घाटन गरेका हुन् ।

भौतिक तथा भर्चुअल माध्यममा गरिएको समारोहमा वाङ्गमय शताब्दी पुरुष सत्य मोहन जोशी, पद्मश्री पुरस्कार विजेता चमू कृष्ण शास्त्री लगायत भारत, नेपाल, अमेरिका, बेलायत र इटलीका प्रख्यात विद्वानहरूको उपस्थिति थियो।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) का अध्यक्ष विनय सहस्रबुद्धेले भिडियो सन्देश मार्फत शुभकामना व्यक्त गरेका थिए । सेमिनारमा नेपालका १५ संस्कृत विद्वानहरूले आफ्नो शोध पत्र प्रस्तुत गरेका थिए । भारत र विदेशका ३० भन्दा बढी विद्वान् हररूले संस्कृत भाषा, साहित्य, संस्कृति, तंत्र, व्याकरण,आयुर्वेद, ज्योतिष, र योग लगायत विभिन्न बिषयहरूमा आफ्ना लेख र विचार प्रस्तुत गरेका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाण्डौ विश्वविद्यालय, पोखरा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपतिहरूका साथै नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष र त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका डीनसहितका संस्कृत विद्वानहरूले सेमिनारमा आ-आफ्नो विचार आदान प्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल, भारत लगायत अन्य मुलुक का ४५ विद्वानहरुले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । फेसबुक लाइभको माध्यमबाट पनि हजारौंले यो सेमिनारमा आफ्नो उपस्थिति जनाउनु भएको थियो।

कार्यक्रममा राजदूत विनय मोहन क्वात्रा, शताब्दी पुरुष श्री सत्यमोहन जोशी, श्री चमू कृष्ण शास्त्री तथा प्रा. भीम प्रसाद खतिवडाले सामूहिक रूपमा “संस्कृतम् भारत-नेपालयो: संपत्ति:- भाग -२” शीर्षकको पुस्तकको पनि विमोचन गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ८ : ०० बजे

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

नियन्त्रित लागूऔषध ट्रामाडोलसहित दुई जना पक्राउ

मकवानपुर– हेटौंडा उपमहानगरपालिका-४ स्कुल रोड चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १सय ३२

बुल्गेरियाली पूर्वराष्ट्रपति गठबन्धन गरेर निर्वाचनमा जाने

एजेन्सी– बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा

यसरी मनाइयो क्रान्तियोद्धा रामप्रसाद राईको ११७ औँ जन्मजयन्ती

काठमाडौं- २००७ सालको प्रजातन्त्रिक आन्दोलनका योद्धा रामप्रसाद राईलाई मंगलबार उनको

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौं– रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई