आईपीएल : मुम्बई कोलकत्तासँग ७ विकेटले पराजित « Khabarhub

आईपीएल : मुम्बई कोलकत्तासँग ७ विकेटले पराजित


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ। मुम्बईको यो लगातार दोस्रो हार हो। यसअघि मुम्बई चेन्नाइसँग हारेको थियो।

आबुधाबीमा साविक विजेता मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकात्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो।​

कोलकात्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले। नितिश राना ५ रनमा अविजित रहे।​ भेन्कातेश आयरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए।

कोलकात्ताका लकी फेर्गुसन र प्रसिद्द कृष्णले २र२ विकेट लिए। यस जितसँगै कोलकात्ताले ९ खेलमा ८ अंक जोडेको छ। कोलकत्ता चौंथो स्थानमा उक्लिएको छ ।छैटौं स्थानको मुम्बईले ९ खेलमा ८ अंक जोडेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ६ : ४४ बजे

हिटलरको घर अब प्रहरी चौकी

एजेन्सी– नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा

उम्मेदवारहरूको घरदैलो अभियान तीव्र

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल

सुनसरी–४ मा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप

सुनसरी– सुनसरी-४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का

लागूऔषध विरुद्धको अमेरिकी आक्रमण : तीन जनाको मृत्यु

एजेन्सी – अमेरिकी सेनाले शुक्रबारदेखि पूर्वी प्रशान्तमा लागूऔषध तस्करी गर्नेहरू