मागअनुसारका मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय « Khabarhub

मागअनुसारका मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारका मोटरसाइकल चोरी गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार मोटरसाइकल चोरी गर्ने गिरोहले ग्राहकको चाहनाअनुसारको मोटरसाइकल चोरी गर्ने गरेका हुन् ।

मोटरसाइकल चोरीमा संलग्न भएकालाई सार्वजनिक गर्ने क्रममा बिहीबार आयोजित कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले मोटरसाइकल चोरी गर्ने गिरोहले मागअनुसारको मात्रै मोटरसाइकल चोरी गर्ने गरेको पाइएको बताए । पक्राउ परेकाहरुको वयान उद्धृत गर्दै उनले भने, ‘ग्राहकको मागअनुसारका ब्राण्ड, रङ, मोडल खोजीखोजी चोरी गरेको पाइयो ।’

कार्यालयले विगत एक महिनादेखि सुरु गरेको अप्रेसन माइक चार्ली अभियानका क्रममा पक्राउ परेका १४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । यसक्रममा आठ मोटरसाइकल र रु ९१ हजार नगदसमेत बरामद गरिएको अधिकारीले जानकारी दिए।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ९ : २४ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को