राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित | Khabarhub Khabarhub

राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-राष्ट्रियसभाको बैठक आउँदो सोमबारसम्मका लागि स्थगित भएको छ ।

आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।

आजको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले यी दुई विधेयक टेबुल गरेका थिए । छलफलमा कसैले पनि भाग लिन नचाहेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक निर्णयार्थ पेश गरेका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले बिचार गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि अध्यक्ष तिमिल्सिनाले छलफलका लागि आह्वान गरे पनि कसैले भाग नलिए पछि विधेयक अघि वढाइएको हो ।

अब आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि सुझाब पेश गर्न चाहने सांसदले विधेयक शाखा राष्ट्रियसभामा सुझावसहितको सुचना दिन सक्नेछन् । अब यी दुई विधेयकमाथि दफाबार छलफल हुनेछ ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरु उठेर विरोध जारी राखेका थिए । एमालेले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले फुटाउन भूमिका खेलेको र आफ्ना १४ सांसदलाई कारबाही नगरेको भन्दै संघीय संसद्का दुवै सदनमा निरन्तर विरोध गरिरहेकाे छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ११ : ३६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’