सुनको मूल्य घट्यो, चाँदीको कति ? « Khabarhub

सुनको मूल्य घट्यो, चाँदीको कति ?


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले घटेकोे छ । छापावाल सुन बिहीबार ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला पाँच रुपैयाँले बढेको छ । चाँदी बिहीबार प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएकामा आज एक हजार १६० रुपैयाँ तोकिएको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय समयमा परिवर्तन भइरहन्छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १२ : ०३ बजे

प्रचण्डको दाबी : नेकपा पहिलो दल बन्छ

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

आजका समाचार : एमालेको चुनावी पोस्टरमा छैनन् ओली, कांग्रेस-एमालेसँग मिल्ने प्रचण्डको संकेत, रिहा भए प्रसाई र संसद्‍मा ट्रम्पले सुनाए उपलब्धि

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्नेप्रतिनिधिसभा निर्वाचनका क्रममा

कामपामा (एसइई) नतिजा सुधारका लागि विशेष कक्षा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को

इरानका उच्च कूटनीतिज्ञ अमेरिकासँगको वार्ताका लागि जेनेभातिर

एजेन्सी – इरानका विदेशमन्त्री अब्बास अराघची र उनको वार्ता टोली