कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आज टुङ्ग्याउने « Khabarhub

कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद आज टुङ्ग्याउने

महाधिवेशन कार्यतालिका प्रभावित हुने


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाधिवेशनमा होमिएको सत्तारुढ दल नेपाली कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता विवाद शुक्रबार टुङ्ग्याउने भएको छ । शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले क्रियाशील सदसयता विवाद शुक्रबार टुङ्ग्याउने सहमति गरेको सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए ।

पदाधिकारी बैठकपछि बैठकबारे जानकारी दिँदै उनले वडा अधिवेशन सम्पन्न भएका जिल्लामा शनिबार स्थानीय तहको अधिवेशन हुनेसमेत जानकारी दिए । उनले क्रियाशील सदस्यताका कारण वडा अधिवेशन हुन नसकेको जिल्लाको वडा अधिवेशनबारे निर्णय भने नभएको उनले बताए । उनले क्रियाशील सदस्यता टुङ्गिएपछि आवश्यकता अनुसार निर्वाचन समितिले वडा अधिवेशनको मिति तोक्ने जनाए ।

महाधिवेशन तोकिएको मितिमा नहुने सम्भावना बढिरहेका बेला महाधिवेशनको कार्यतालिका परिवर्तन हुनसक्ने महामन्त्री डा. महतले बताए । उनले भने, ‘दशैँ अगाडि १८ वटा हिमाली जिल्लाकोमात्र अधिवेशन सम्पन्न गर्ने कुरा भएको छ । बाँकी जिल्लाको अधिवेशन दशैँ–तिहारपछि जाने देखिएको छ । यसले कहाँ कति प्रभाव पर्छ, कति समय आवश्यक हुन्छ । सोही अनुसार मिति परिवर्तन हुन्छ ।’

असोज ५ सम्म देशका सम्पूर्ण वडाको वडा अधिवेशन सक्नुपर्ने कार्यतालिका भए पनि अझै १३ जिल्लामा वडा अधिवेशन भएको छैन ।

जसका कारण असोज ९ गते शनिबार ७५३ वटै स्थानीय तहको अधिवेशन पनि नहुने भएको छ । ती १३ जिल्लाको वडा अधिवेशन कहिले हुन्छ भन्ने टुङ्गो नभएकाले बाँकी स्थानीय तह अधिवेशनको पनि मिति निश्चित छैन । जसका कारण प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, संघीय निर्वाचन क्षेत्र अधिवेशन, जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र महाधिवेशनको मिति परिवर्तन हुने सम्भावना बढेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १२ : ४९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले