आलमको मुद्दा हेर्न नमिल्नेमा « Khabarhub

आलमको मुद्दा हेर्न नमिल्नेमा


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विस्फोटक पद्धार्थको प्रयोग गरी हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद अफताव आलमले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा सुनुवाइका लागि शुक्रबार पेशीमा चढे पनि हेर्न नमिल्नेमा परेको छ ।

आलमले २०७७ साल असोज १२ गते आफूलाई पुर्पक्षमा पठाउने जिल्ला अदालत रौतहटको फैसलाविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनले थुनामुक्त भएर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दायर गरेको सो मुद्दामा हालसम्म सुनुवाइ हुन सकेको छैन ।

शुक्रबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार चुडालको सँयुक्त इजलासमा सुनुवाइका लागि पेशी चढेको थियो । तर हेर्न नमिल्ने भएपछि शुक्रबार पनि सुनुवाइ नहुने भएको हो ।

२०६४ चैत २७ गते संविधानसभा चुनावलाई आफ्नो पक्षमा पार्न बम विस्फोट गराएको र सो विस्फोटमा घाइते भएकालाई इँटा भट्टीमा हालेर हत्या गरेको आलाममाथि आरोप छ । कांग्रेस नेता तथा प्रतिनिधिसभा सांसदसमेत रहेका आलम जेल परेपछि सांसदबाट निलम्बित छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १२ : ५८ बजे

अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका

काठमाडौंसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं – मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

एपीएफमा ७१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बल (एपीएफ)ले ७१ जना सशस्त्र प्रहरी

दाङमा चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ – दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को