‘द कपिल शर्मा शो’विरुद्ध उजुरी « Khabarhub

‘द कपिल शर्मा शो’विरुद्ध उजुरी


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध मध्यप्रदेशको शिवपुरी जिल्ला अदालतमा उजुरी परेको छ । उजुरीकर्ताले शोको प्रसारक संस्था सोनी टीभीमाथि शोको एक एपिसोडविरुद्ध एफआईआर दर्ता गरेका छन् ।

उजुरीकर्ताले शोको एक एपिसोडमा केही कलाकार मञ्चमा आएर खुल्ला रुपमा मदिरा पिएको अभिनय गरेको आरोप लगाएका छन् । त्यो बोतलमा ‘मदिरा पिउनु स्वास्थ्यका लागि हानिकारक हो’ भनि लेखिए पनि त्यसको पालना नगरेको दाबी उजुरीकर्ताको छ ।

उजुरीकर्तावाला वकिलले शिवपुरीको सीजेएम कोर्टमा उजुरी दर्ता गराएका थिए ।

‘सोनी टेलिभिजनमा प्रसारण हुने ‘कपिल शर्मा शो’ बकवास हो । शोमा मञ्चमा अदालत बनाइयो र सार्वजनिक रुपमा मञ्चमा कलाकारले मदिरा पिए । यो कानूनी अदालतको अपमान हो । यसकारण दोषीकाविरुद्ध मैले ३५६÷३ धारा अनुसार उजुरी दर्ताको माग गरें’, उजुरीकर्ताले भनेका छन् । उनले शोमा युवतीमाथि भद्धा प्रतिक्रिया दिने आक्षेप लगाएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  २ : २५ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान