श्रीपेच चोर्ने प्रयास गरेका घर्तीले भने : म आफूलाई राजा घोषणा गर्न चाहन्थेँ « Khabarhub

श्रीपेच चोर्ने प्रयास गरेका घर्तीले भने : म आफूलाई राजा घोषणा गर्न चाहन्थेँ


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सदा झै शुक्रबार पनि नारायणहिटी दरबार संग्राहलय हेर्न आउनेको घुँइचो लागिरहेको थियो । सयौँ मानिसहरु दरबारका विभिन्न कोठमामा पुगेर पूर्वराजपरिवारले प्रयोग गर्ने विभिन्न ऐतिहासिक वस्तुको अवलोकन गरिरहेका थिए ।

यही भीडमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती पनि थिए । उनी श्रीपेच राखिएको कोठामा पुगे । त्यहाँ बुलेटप्रुफ सिसाको शोकेसमा श्रीपेच राखिएको छ । खुकुरी पनि शोकेसमा राखिएको छ । र त्यसको सुरक्षामा नेपाली सेनाका पाँचजना सुरक्षाकर्मी खटिएका छन् ।

श्रीपेच भएको कोठामा पुगेपछि घर्तीको चाल बदलियो । उनले खुकुरी राखेको शोकेस फुटाल्ने प्रयास गरे । खुकुरी निकाल्न खोजे । यो देखेपछि सुरक्षाकर्मीको सहयोगमा संग्राहलयका कर्मचारीले उनलाई नियन्त्रणमा लिए । घर्तीलाई नियन्त्रणमा लिएपछि नेपाल प्रहरीको दरबारमार्ग प्रभागलाई बुझाइएको संग्राहलयका सूचना अधिकृत बुद्धी गुरुङले जानकारी दिए ।

उनले खबरहबसँग भने, ‘त्यहाँ हाम्रो सुरक्षाकर्मी तैनथ हुन्छन् । चोरी हुने सम्भावना छैन । तर अवलोकन गर्न सयौँ मानिससँगै आएका उनले (घर्ती) ले खुकुरी राखेको सिसाको शोकेस फुटाल्ने प्रयास गरेपछि हामीले उनलाई नियन्त्रणमा लियौँ।’

घर्तीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीसँगको सोधपुछमा घर्तीले आफूले श्रीपेच लगाएर राजतन्त्र ब्यूँताउन खोजेको बयान दिएका छन् । प्रहरी प्रभाग दरबारमार्गका डीएसपी रामेश्वर पौडेलले खबरहबसँग भने, ‘आफूलाई राजा घोषणा गर्न चाहेको  घर्तीले हामीसँग बयान दिएको छ । थप सोधपुछ जारी । मानसिक अवस्था ठिक नभएको जस्तो बुझिएको छ ।’

प्रहरीका अनुसार घर्ती वैदेशिक रोजगारको शिलशिलामा बहराइनबाट गत वर्षमात्र नेपाल फर्केका थिए । त्यसयता उनको मानसिक अवस्था ठिक नरहेको उनको परिवारले जनाएको डीएसपी पौडेलले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  २ : ४६ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट