सामाजिक सञ्जाल फेसबुकमा जथाभावी कमेन्ट गर्नेलाई यसरी नियन्त्रण गर्नुहोस् « Khabarhub

सामाजिक सञ्जाल फेसबुकमा जथाभावी कमेन्ट गर्नेलाई यसरी नियन्त्रण गर्नुहोस्


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जसरी सामाजिक सञ्जालको प्रयोग तिव्र रुपमा फैलिरहेको छ यसको दुरुपयोग पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जालकै प्रयोगबाट कतिपय अपराध हुदैँ आएका छन् । यस्तोमा सबैले समयमै सचेत र सामाजिक सञ्जालको प्रयोग बारे जानकार हुन आवश्यक छ ।

सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय छ । तर यसको सबैभन्दा ठुलो नकारात्मक पाटो भनेको यसमा गरीने खराब कमेन्टहरु हुन् । जसका कारण पोष्ट गर्ने व्यक्ति निकै तनावमा पर्ने गर्दछ ।

धेरैको फेसबुक पोष्टमा अनावश्यक र नकारात्मक कमेन्टले मानसिक तनाव दिइरहेको हुन्छ । यस्तोमा आफ्नो पोष्ट आफ्ना मात्रै साथीहरुले देख्ने वा सबैले देख्न सक्ने गरी बनाउन सकिन्छ । यतिमात्र होइने फेसबुक पोष्टमा कसले कमेन्ट गर्न पाउने वा कसले नपाउने भन्ने समेत नियन्त्रण गर्न सकिन्छ । यसकालागि के गर्ने त ?

मोबाइलमा फेसबुक लग इन गरेर आफ्नो एपमा जानुहोस् । त्यहाँ दायाँ तर्फ तीनवटा थोप्लो देखिने छ । त्यसमा क्लिक गरेर स्क्रोल गर्दासेटिङ एन्ड प्राइभेसी भेटिन्छ । अब त्यो सेटिङमा अप्सनमा जानुहोस् । त्यसको तल प्राइभेसी अन्तर्गत रहेको पब्लिक पोस्ट भेट्न सकिन्छ । त्यसको सुरुमा रहेको ‘हु क्यान फलो मि’ लाई पब्लिक बनाउनुहोस् ।

अब पब्लिक पोस्ट कमेन्टमा गएर आफ्नो पब्लिक गरेको पोस्टमा कसले कमेन्ट गर्न पाउने छनौट गर्नुहोस् । अब फेरी स्क्रोल गर्नुहोस् र पब्लिक प्रोफाइल इन्फोमा जानुहोस् । यसमा तपाईंले आफ्नो सधैं पब्लिक रहने प्रोफाइल पिक्चर, प्रोफाइल भिडियो, कभर फोटो, फिचर फोटो र बायोमा कसले पब्लिक, फ्रेन्ड्स अफ फ्रेन्ड्स वा फ्रेन्ड्स लाइक, कमेन्ट गर्न पाउने छनौट गर्नुहोस् ।

कमेन्ट नियन्त्रण गर्न
आफूले कमेन्ट नियन्त्रण गर्न चाहेको पोस्टमा जानुहोस् र त्यसको माथि दायाँ कुनामा रहेको तीन वटा थोप्लामा थिचेर भित्र जानुहोस् । त्यहाँ हु क्यान कमेन्ट अन योर पोष्ट भन्ने अप्सनमा छनोट गर्नुहोस् । त्यसभित्र रहेको पब्लिक, फ्रेन्ड्स वा आफूले मेन्सन गरेको प्रोफाइल वा पेजलाई रोज्न सक्नुहुन्छ । यसो गर्नुभयो भने जोसुकैले पनि कमेन्ट गर्न पाउने छैनन् । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ३ : ३० बजे

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका