सामाजिक सञ्जाल फेसबुकमा जथाभावी कमेन्ट गर्नेलाई यसरी नियन्त्रण गर्नुहोस् | Khabarhub Khabarhub

सामाजिक सञ्जाल फेसबुकमा जथाभावी कमेन्ट गर्नेलाई यसरी नियन्त्रण गर्नुहोस्


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जसरी सामाजिक सञ्जालको प्रयोग तिव्र रुपमा फैलिरहेको छ यसको दुरुपयोग पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जालकै प्रयोगबाट कतिपय अपराध हुदैँ आएका छन् । यस्तोमा सबैले समयमै सचेत र सामाजिक सञ्जालको प्रयोग बारे जानकार हुन आवश्यक छ ।

सामाजिक सञ्जालहरुमा फेसबुक निकै लोकप्रिय छ । तर यसको सबैभन्दा ठुलो नकारात्मक पाटो भनेको यसमा गरीने खराब कमेन्टहरु हुन् । जसका कारण पोष्ट गर्ने व्यक्ति निकै तनावमा पर्ने गर्दछ ।

धेरैको फेसबुक पोष्टमा अनावश्यक र नकारात्मक कमेन्टले मानसिक तनाव दिइरहेको हुन्छ । यस्तोमा आफ्नो पोष्ट आफ्ना मात्रै साथीहरुले देख्ने वा सबैले देख्न सक्ने गरी बनाउन सकिन्छ । यतिमात्र होइने फेसबुक पोष्टमा कसले कमेन्ट गर्न पाउने वा कसले नपाउने भन्ने समेत नियन्त्रण गर्न सकिन्छ । यसकालागि के गर्ने त ?

मोबाइलमा फेसबुक लग इन गरेर आफ्नो एपमा जानुहोस् । त्यहाँ दायाँ तर्फ तीनवटा थोप्लो देखिने छ । त्यसमा क्लिक गरेर स्क्रोल गर्दासेटिङ एन्ड प्राइभेसी भेटिन्छ । अब त्यो सेटिङमा अप्सनमा जानुहोस् । त्यसको तल प्राइभेसी अन्तर्गत रहेको पब्लिक पोस्ट भेट्न सकिन्छ । त्यसको सुरुमा रहेको ‘हु क्यान फलो मि’ लाई पब्लिक बनाउनुहोस् ।

अब पब्लिक पोस्ट कमेन्टमा गएर आफ्नो पब्लिक गरेको पोस्टमा कसले कमेन्ट गर्न पाउने छनौट गर्नुहोस् । अब फेरी स्क्रोल गर्नुहोस् र पब्लिक प्रोफाइल इन्फोमा जानुहोस् । यसमा तपाईंले आफ्नो सधैं पब्लिक रहने प्रोफाइल पिक्चर, प्रोफाइल भिडियो, कभर फोटो, फिचर फोटो र बायोमा कसले पब्लिक, फ्रेन्ड्स अफ फ्रेन्ड्स वा फ्रेन्ड्स लाइक, कमेन्ट गर्न पाउने छनौट गर्नुहोस् ।

कमेन्ट नियन्त्रण गर्न
आफूले कमेन्ट नियन्त्रण गर्न चाहेको पोस्टमा जानुहोस् र त्यसको माथि दायाँ कुनामा रहेको तीन वटा थोप्लामा थिचेर भित्र जानुहोस् । त्यहाँ हु क्यान कमेन्ट अन योर पोष्ट भन्ने अप्सनमा छनोट गर्नुहोस् । त्यसभित्र रहेको पब्लिक, फ्रेन्ड्स वा आफूले मेन्सन गरेको प्रोफाइल वा पेजलाई रोज्न सक्नुहुन्छ । यसो गर्नुभयो भने जोसुकैले पनि कमेन्ट गर्न पाउने छैनन् । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ३ : ३० बजे

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं– बागलुङको ताराखोला गाउँपालिका-१ स्थित गोठभित्र सोही गाउँपालिका-५ सानो औलादी बस्ने ४०

जनमत वरिष्ठ उपाध्यक्षसहितका नेताले मागे सीके राउतको राजीनामा

काठमाडौं– जनमत पार्टीका वरिष्ठ उपाध्यक्षसहित केही नेताहरूले अध्यक्ष डा. सीके

मन्त्रीहरूले गरे आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण

काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको

आधा झुकाउने दिन सिन्धुलीका सीडीओले नै फहराएनन् झण्डा

सिन्धुली- जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रदर्शनकारीको सम्झनामा सरकारले बुधबार

रसुवा कारागारबाट भागेका ९१ कैदीबन्दी फर्किए

रसुवा– जेन-जी प्रदर्शनका क्रममा रसुवा कारागारबाट फरार ९७ कैदीबन्दीमध्ये ९१