ओलीको पालामा मनोनित समाज कल्याण परिषद्का पदाधिकारीद्वारा सामूहिक राजीनामा « Khabarhub

ओलीको पालामा मनोनित समाज कल्याण परिषद्का पदाधिकारीद्वारा सामूहिक राजीनामा


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले राजनीतिक प्रतिशोध राखेर अप्रत्यक्ष रुपमा दवाव दिएको भन्दै समाज कल्याण परिषद्का उपाध्यक्षसहित सातै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् ।

शुक्रबार परिषद्का उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्य–सचिव पुस्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले राजीनामा दिएका हुन् ।

उनीहरुले वर्तमान सरकारले संस्थामाथि राजनीतिक हस्तक्षेप गरेको आरोप लगाए । उपाध्यक्ष खतिवडाले संस्थामा कार्यकर्ता भर्ती गर्नका लागि राजनीतिक पूर्वाग्रहका आधारमा वर्षौदेखि कार्यरत कर्मचारीलाई हाजिर नगराउन दवाव आएको बताए । उनले परिषद्का पदाधिकारीले अवाञ्छित दवावलाई स्वीकार गर्न नसक्ने भन्दै प्रधानमन्त्रीसमक्ष सामूहिक राजीनामा पेश गरेको जानकारी दिए ।

उनले सरकार कानूनको बर्खिलाप गइरहेको आरोप लगाउदै परिषद् रुपान्तरणका लागि मनोनित नेतृत्वले लिएको लक्ष्यमा धक्का लागेको टिप्पणी गरे । खतिवडाले यस प्रवृतिका विरुद्धमा संघर्षको मैदानमा उत्रदै खवरदारी गर्ने निष्कर्षमा पुगको बताए ।
े
त्यस्तै सदस्य सचिव पुष्कर खातीले सामाजिक संस्थामा राजनीति गर्न नहुने र आफुहरुले १४ महिना संस्थालाई राजनीति मुक्त राखेको दावी गरे । उनले सरकारले संस्थालाई अघि बढाउनका लागि निकास दिन नसक्ने भएकाले आफुहरु बाहिरिएको जिकिर गरे।

उपाध्यक्ष खतिवडासहितको परिषद्का पदाधिकारीलाई केपी ओली नेतृत्वको सरकारले मनोनित गरेको थियो । परिषद्को अध्यक्ष भने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहने व्यवस्था छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ४ : ४९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले