एमालेको बैठकमा तीन प्रतिवेदन पेश | Khabarhub Khabarhub

एमालेको बैठकमा तीन प्रतिवेदन पेश


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गरिने बिभिन्न तीनवटा प्रतिवेदन प्रस्तुत गरिएको छ ।

ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको बैठकमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रतिवेदन पेश भएको हो । यसअघि तीनवटै प्रतिवेदन सुझाव समिति स्थायी कमिटी बाट पारित गरिएको थियो । प्रतिवेदनमाथि छलफल गर्न १० वटा टोली बनाइएको छ । सातवटा भौगोलिक समूह, जनसंगठनलाई हेर्ने प्रदेश, बिभागीय प्रदेश र बिशेष प्रदेश समूह रहेका छन् ।

शनिबार बस्ने एमाले केन्द्रीय समिति बैठकमा समूहगत छलफलको निष्कर्ष पेश गर्ने र पारित गरिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनले पार्टीमा लामो समयदेखि उत्पन्न जटिलता हल हुन केहि समय लाग्ने र १० बुँदे समझादारीलाई पूर्णरुपमा कार्यान्वयनको बाटोमा पार्टी उन्मुख रहेको बताए । विधान महाधिवेशन यही असोज १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ ।

त्यसअघि बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनलाई व्यवस्थित, एकताबद्ध र मर्यादितरुपमा सम्पन्न गर्नुपर्ने बताए । ओलीले बिभिन्न प्रतिवेदनमाथि गहिरोमा पुगेर छलफल गरेर उपयुक्त निष्कर्ष निकाल्नुपर्ने धारणा राखेका थिए । उनले आगामी मङ्सिरमा हुने पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन त्यसपछि तोकिने स्थानीय निर्वाचनको तयारीमा जुट्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ५ : ३४ बजे

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन