स्यानिटरी प्याडमा कर बढाएको छैन : अर्थमन्त्रीको सचिवालय « Khabarhub

स्यानिटरी प्याडमा कर बढाएको छैन : अर्थमन्त्रीको सचिवालय


८ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माको सचिवलायले स्यानिटरी प्याडमा कर नबढाएको बताएको छ । सचिवलायले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कर नबढाएको बताएको हो ।

सचिवालयले भनेको छ, ‘स्यानिटरी प्याड आयातमा आर्थिक वर्ष २०६९–७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको हो, बढाइएको होइन । तसर्थ वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा अनुरोध गर्दछौं ।’

स्यानिटरी प्याडमा कर बढाइएको भन्दै केही संघसंस्थाहरुले प्रदर्शन गरेपछि सचिवालयले कर नबढाएको स्पष्ट पारेको हो । बरु कच्चा पदार्थ आयातमा लाग्ने भन्सार महशुल घटाइएको सचिवालयले बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्यानिटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको हो । यसरी ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरुको भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछौं ।’

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ६ : ३३ बजे

प्रचण्डको दाबी : नेकपा पहिलो दल बन्छ

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

आजका समाचार : एमालेको चुनावी पोस्टरमा छैनन् ओली, कांग्रेस-एमालेसँग मिल्ने प्रचण्डको संकेत, रिहा भए प्रसाई र संसद्‍मा ट्रम्पले सुनाए उपलब्धि

निर्वाचनका क्रममा घाइते सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्नेप्रतिनिधिसभा निर्वाचनका क्रममा

कामपामा (एसइई) नतिजा सुधारका लागि विशेष कक्षा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को

इरानका उच्च कूटनीतिज्ञ अमेरिकासँगको वार्ताका लागि जेनेभातिर

एजेन्सी – इरानका विदेशमन्त्री अब्बास अराघची र उनको वार्ता टोली