उज्वेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै « Khabarhub

उज्वेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- उज्वेकिस्तानमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुन हुँदैछ ।

वर्तमान राष्ट्रपति शाभ्कात मिजियोयेभ पनि आफ्नो कार्यकाल फेरि दोहोर्‍याउने लक्ष्यका साथ चुनावी प्रतिस्पर्धामा छन् । उनले पहिलो कार्यकाल सकेर दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।

मिर्जियोयेभले सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी दिएका हुन् । उनलाई चुनौती दिदै नेस्नल रिभिभाल डेमोक्रेटिक पार्टीका अलिशेर काडिरोभ, पिपल्स डेमोक्रेटिक पार्टीका मक्सुदा भारिसोभ, जस्टीस सोसल डेमोक्रेटिक पार्टीका बाह्रोम अब्दुलिमोभ र इकोलोजी पार्टीका नार्जुलो अब्लोमुरोडोभले पनि उम्मेदवारी दिएका छन् ।

प्रारम्भीक मत सर्वेक्षणहरुले वर्तमान राष्ट्रपति मिर्जियोयेभले नै फेरि कार्यकाल दोहोर्‍याउने सम्भावना रहेको देखाएका छन् ।

निर्वाचनका लागि एक करोड ९० लाख मतदाताले मतदान गर्न पाउने निर्वाचन आयोगले शनिबार जानकारी दिएको छ ।

निर्वाचनको सुपरीवेक्षण गर्न ९७० भन्दाबढी अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु आइसकेको पनि आयोगले जनाएको छ । त्यसैगरी एक हजारभन्दा बढी पत्रकारहरुले पनि मतदानलाई नजिकबाट नियालेर समाचार सम्प्रेषण गर्न सक्ने व्यवस्था गरिएको आयोगको अधिकारीहरुको भनाइ छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ५० बजे

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका

पोखरामा प्याराग्लाइडिङ पुनः सञ्चालनमा आउने

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कारण पोखराको आकाशमा लामो समय