२४ घण्टामा ३ लाख ७२ हजार संक्रमित थपिए, मृत्यु कति ? « Khabarhub

२४ घण्टामा ३ लाख ७२ हजार संक्रमित थपिए, मृत्यु कति ?

३ लाख १४ हजार मात्रै कोरोनामुक्त


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ७२ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख ७२ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसअनुसार सबैभन्दा धेरै बेलायतमा ४४ हजार ९८५, रुसमा ३७ हजार ६६८, अमेरिकामा २८ हजार ८२४, टर्कीमा २६ हजार २१७, भारतमा १६ हजार ७१ र ब्राजिलमा ११ हजार ७१६ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख १४ हजार ४६३ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै अमेरिकामा ३३ हजार ६५ जना संक्रमणमुक्त भएका हुन्। त्यसैगरी बेलायतमा ३० हजार, टर्कीमा २७ हजार, रुसमा २६ हजार, भारतमा १६ हजार र ब्राजिलमा १० हजार बढी निको भएका छन् ।

गत २४ घण्टामा ५ हजार ८८५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै रुसमा एक हजार ७५, भारतमा ५५९, अमेरिकामा ४८४, ब्राजिलमा ३८५, टर्कीमा २१७ र बेलायतमा १३५ जना रहेका छन् ।

यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड ४० लाख ८७ हजार ५२९ पुगेको छ । तीमध्ये २२ करोड ११ लाख ५६ हजार ५३९ जना निको भइसकेका छन् भने ४९ लाख ५८ हजार ९४३ जनाले ज्यान गुमाएका छन् ।

यसअघि शनिवार ४ लाख ५० हजार ९८५ जना संक्रमित थपिँदा ३ लाख ८३ हजार ९२६ जना कोरोनामुक्त भएका थिए भए ७ हजार ६२७ जनाको मृत्यु भएको थियो ।

त्यस्तै शुक्रबार ३ लाख ३४ हजार १५६ जनामा कोरोना पुष्टि हुँदा ४ लाख २८ हजार ३५ जना निको भएका थिए भने ४ हजार ८११ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : १३ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा