सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती राजमार्गको मुलपानीमा जिप दुर्घटना हुँदा स्यानको बागचौर नगरपालिका–१ थारमारेका १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका बस्नेतको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए ।

सन्यानको थारमारेबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको डबल क्यापजिप आइतबार कपुरकोट गाउँपालिका–३ मुलपानीमा दुर्घटना भएको हो ।

दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेमध्ये बबिता रावललाई थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । जिप तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  २ : १० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना