इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति « Khabarhub

इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायलले रमजान महिनामा पूर्वी जेरुसेलमस्थित अल-अक्सा मस्जिदमा साप्ताहिक शुक्रबारको नमाजका लागि १० हजार प्यालेस्टिनी उपासकलाई प्रवेश अनुमति दिने घोषणा गरेको छ।

इजरायली अधिकारीहरूले मस्जिद परिसरमा प्रवेशका लागि उमेरसम्बन्धी सीमा तोकेका छन्। ५५ वर्ष वा सोभन्दा बढी उमेरका पुरुष, ५० वर्ष वा सोभन्दा बढी उमेरका महिला तथा १२ वर्षसम्मका बालबालिकालाई मात्र प्रवेश दिइने जनाइएको छ।

प्यालेस्टिनी नागरिक मामिलासम्बन्धी इजरायली रक्षा मन्त्रालयअन्तर्गतको निकाय कोगाटले विज्ञप्ति जारी गर्दै रमजानभर प्रत्येक शुक्रबार १० हजार उपासकलाई टेम्पल माउन्ट क्षेत्रमा प्रवेश गराइने तयारी भएको जनाएको छ।

रमजानका अवसरमा लाखौं प्यालेस्टिनीहरू परम्परागत रूपमा अल-अक्सामा नमाजका लागि सहभागी हुने गर्छन्। इस्लाम धर्मावलम्बीका लागि यो तेस्रो पवित्र स्थल मानिन्छ। पूर्वी जेरुसेलम सन् १९६७ मा इजरायलको नियन्त्रणमा आएको थियो।

यसैबीच, प्यालेस्टिनी जेरुसेलम गभर्नरेटले रमजानअघिका तयारीका क्रममा केही इस्लामिक जोर्डनियन अधिकारीलाई इजरायली पक्षले रोकेको दाबी गरेको छ। मस्जिद क्षेत्रमा अस्थायी संरचना र स्वास्थ्य क्लिनिक स्थापना गर्ने तयारी भइरहेको जनाइएको छ।

अल-अक्साका वरिष्ठ इमाम शेख मुहम्मद अल-अब्बासीलाई उद्धृत गर्दै एएफपीले उनलाई पनि परिसर प्रवेशमा प्रतिबन्ध लगाइएको जनाएको छ। उनले सोमबारदेखि लागू प्रतिबन्धको कारणबारे आफू अनभिज्ञ रहेको बताएका छन्।

अक्सा परिसर यहूदी धर्मावलम्बीका लागि पनि ऐतिहासिक र धार्मिक रूपमा महत्वपूर्ण मानिन्छ। तर त्यहाँ यहूदीहरूलाई प्रार्थना गर्न अनुमति छैन। इजरायलले यथास्थिति कायम राख्ने प्रतिबद्धता जनाएको छ, यद्यपि यस विषयमा प्यालेस्टिनी पक्षबाट असन्तुष्टि देखिएको छ।

हालैका वर्षहरूमा केही यहूदी अतिराष्ट्रवादी समूहले प्रार्थना सम्बन्धी प्रतिबन्धलाई चुनौती दिँदै आएको जनाइएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ६ : ०७ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित