सल्यानमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते « Khabarhub

सल्यानमा जीप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानमा जीप दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । जिल्लाको वागचौरबाट दाङतर्फ जाँदै गरेको भे१च १८९० नंको जीप कपुरकोट गाउँपालिका–३ स्थित मूलपानी नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी वागचौर नगरपालिका–१ निवासी १४ वर्षीय आयुष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका बस्नेतको उपचारका लागि दाङ लिँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

यस्तै दुर्घटनामा परी घाइते हुनेमा वागचौर नगरपालिका–१ का २२ वर्षीय मनोज बस्नेत, सोही नगरपालिका–२ का २७ वर्षीया सीता वली, २८ वर्षीय बबिता रावल, ११ वर्षीया आशिका रेउले र जीप चालक वागचौर नगरपालिका–२ १९ वर्षीय हिक्मत पुन मगर रहेको प्रहरीको भनाइ छ ।

घाइतेहरूको प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । जीप सडकबाट सय मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ६ : ०७ बजे

यातायातको चाप घटेसँगै उपत्यकामा घट्यो वायु प्रदूषण 

काठमाडौं– काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषण घटेको

निर्वाचन अस्वीकार गर्दै पूर्वराजाले भने : पहिले राष्ट्रिय समस्याको समाधान हुनु पर्छ

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह ले फागुन ७ गते मनाइने प्रजातन्त्र

युक्रेन–रुस वार्ता जेनेभामा दोस्रो दिन प्रवेश

एजेन्सी– मस्को र किएभका दूतहरूले बुधबार जेनेभामा अमेरिकी मध्यस्थतामा लगातार

भरूवा बन्दुकसहित दुई जना पक्राउ

दमौली– तनहुँको देवघाट गाउँपालिका-४ बाट दुईथान भरूवा बन्दुकसहित दुई जना

यस्तो देखियो जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा (तस्बिरहरू)

काठमाडौं- मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेपाली कांग्रेसले प्रतिज्ञा सभा गरेको