भरूवा बन्दुकसहित दुई जना पक्राउ « Khabarhub

भरूवा बन्दुकसहित दुई जना पक्राउ


६ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको देवघाट गाउँपालिका-४ बाट दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देवघाट-४ सार्वाङका ४० वर्षीय पूर्णबहादुर गुरूङ र २४ वर्षीय अर्जुन गुरूङ रहेका जिल्ला प्रहरी कार्यालयले जनएको छ । 

इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई रिस्ती खोलाबाट पक्राउ गरी सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । ग्रामीण इलाकामा गस्ती गर्ने क्रममा निजहरूलाई बन्दुकसहित पक्राउ गरिएको उनले बताए । 

निजहरूका साथबाट बारुद जस्तो देखिने कालोपदार्थ र फलामका टुक्रासमेत बरामद गरिएको छ । पक्राउ परेका दुवै जनाविरुद्ध मङ्गलबार जिल्ला अदालतबाट हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार  ४ : ०१ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट