बालविवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित आमाबुवा पक्राउ « Khabarhub

बालविवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित आमाबुवा पक्राउ


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको इटहरीमा बालविवाह गरेको अभियोगमा बेहुला बेहुलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई पक्राउ गरेर बालविवाह विरुद्धको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

इटहरी २ स्थित हवाई चौकमा १७ वर्षीया बालिकाको बालविवाह गरेको अभियोगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई पक्राउ गरी मुद्दा चलाइएको सुनसरी प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २५ गते विवाह मण्डपबाट पक्राउ गरेको थियो ।

चारै जनाविरुद्ध सुनसरी जिल्ला अदालतबाट बालविवाह मुद्दामा पाँच दिन म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ६ : ३२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका