एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा, गैँडाको मस्कट तयार | Khabarhub Khabarhub

एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा, गैँडाको मस्कट तयार


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – पर्सी शुक्रबारबाट चितवनमा सुरु हुने नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारका काम धमाधम भइरहेका छन् ।

एमालेले १०औँ राष्ट्रिय महाधिवेशनको लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ । एमालेले गैँडाको मस्कटसहितको लोगो २६ कात्तिकमा सार्वजनिक गरेको हो । लोगोमा मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ ।

एमालेले साढे तीन लाख रुपैयाँ खर्चिएर गैँडाको मस्कट तयार गरेको हो । चितवन एकसिंगे गैँडाका लागि पनि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार गरेको हो ।

यसरी बनाइएको मस्कट

मूर्तिकारले विशेष गरी कास्टिङ र कार्बिङ गरेर दुई किसिमले मूर्ति बनाउँछन् । कार्बिङमा काठ र डुङ्गामा मूर्ति बनाइन्छ भने कास्टिङमा चाहिँ सिमेन्ट, फाइबर र धातुको प्रयोगबाट मूर्ति बनाइन्छ ।

गैँडाको मस्कट फाइबरबाट बनाइएको हो । पछिल्लो समय फाइबरबाट मूर्ति बनाउने प्रचलन बढ्दै गएको मूर्तिकार सूर्य बताउँछन् । फाइबरको प्रयोगबाट कम मूल्यमा छिटोछरितो मूर्ति बनाउन सकिने उनले बताए । उनका अनुसार फाइबर र रेजिन केमिकलको प्रयोगबाट गैँडाको मस्कट बनाइएको हो ।

यो मूर्ति बनाउनुअघि सुरुमा माटोको नमूना मूर्ति बनाइएको हो । ‘माटोबाट बनाइने मूर्तिमा डिटेल वर्क गर्छौं, कलाकारिताको काम यसमा हुन्छ । त्यसपछि अर्को आउँछ, मोल्ड मोडलिङ । त्यसमा हामीले प्लाष्टरको डाइ बनाऔँ । त्यसपछि डाइका टुक्रा जोडेर फाइबर र रेजिन मिलाएर राखेपछि अन्तिम रुप तयार भयो,’ उनले भने ।

तेस्रो चरणमा मात्रै प्रदर्शनमा राख्न मिल्ने मूर्ति तयार भएको उनले बताए । जनावर र मानिसको शरिरजस्तो देखिनेगरी ‘मिक्स’ गरेर मूर्ति बनाइएकाले यसलाई मस्कट भनिएको उनको भनाइ छ ।

आरामले बनाएको भए मस्कट बनाउन कम्तीमा दुई महिना लाग्थ्यो । आकस्मिक रूपमा बनाउनु परेकाले मूर्तिकारको टिमले दिनरात काम गरेर १० दिनमा तयार पारेको उनले बताए ।

‘दिनमा मात्रै गरेर सम्भवै थिएन । तीन वटा टोली बनाएर १०औँ दिनमा मूर्ति तयार गरियो,’ उनले भने । तीन वटा टोली भएर १० जना मूर्तिकारले मस्कट तयार गरेका हुन् । मूर्तिमा प्रयोग हुने फाइबर र रेजिनको मूल्य अत्याधिक बढेकाले मस्कटको लागत पनि बढेको उनले बताए ।

‘भारतबाट आयात हुने चिज हो । पहिला केजीको २७० रुपैयाँसम्म पर्ने रेजिन अहिले केजीको चार सयसम्म परेको छ,’ उनले भने, ‘डेढ लाख जति त कच्चा पदार्थमै प्रयोग भएको छ । मूर्तिकारको पारिश्रमिक पनि जोड्दा साढे तीन लाख भन्दा बढी लागत पुगेको छ ।’ मस्कट राख्नको लागि महाधिवेशन उद्घाटन स्थलमा बेस बनाउने काम भइरहेको छ ।

भरतपुर महानगरपालिका–९ गोन्द्राङका मूर्तिकार सूर्यले गैँडाको मस्कटको मूर्ति पहिलो पटक बनाएका हुन् । उनले व्यावसायिक रूपमा मूर्ति बनाउन थालेको २० वर्ष भइसक्यो ।

विशेष गरी उनले गैँडालगायतका जङ्गली जनावर, बुद्ध र सहिदका मूर्ति बनाउने गरेका छन् । उनले सुनसरी, उदयपुर, बुटवल लगायतका स्थानमा गएर पनि मूर्ति बनाउने गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : ४८ बजे

तीन वर्षदेखि निर्माण रोकिएको धुलिखेल-खावा खण्ड स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक– तीन वर्षदेखि निर्माण रोकिएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडकखण्ड स्तरोन्नति

मेची राजमार्गसहित अधिकांश सडक अवरुद्ध

पाँचथर– अविरल वर्षापछि आएको बाढीका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग,

चन्द्र ढकालको आईएमई समूहले अन्तर्राष्ट्रिय ऋण लिएको दाबी, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने पहिचानवादीको तयारी

काठमाडौं- ताप्लेजुङको पाथीभारा (मुक्कुम्लुङ) मा केबलकार निर्माणको विरोध गर्दै आएका

गोरखाको अजिरकोटमा स्याउ खेतीको परीक्षण सफल

गोरखा– अजिरकोट गाउँपालिकामा व्यावसायिक स्याउ खेतीको परीक्षण सफल भएको छ ।

लाङ्दी पहिरो : दम्पतीको शव भेटियो

पर्वत– मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको